काठमाडौं- चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो।
पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरे।
ती मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।