• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बैंकहरुको नाफा कम्तीमा २५ प्रतिशत घट्न सक्ने

64x64
अरुण सापकोटा मंगलबार, चैत १८, २०७६  १६:२५
1140x725

काठमाडौं- आम मानिसको जीवन तथा सरकारकै टाउको दुखाईको विषय कोरोना भाइरसको बढ्दो प्रभावले बैंकहरुको नाफा कम्तीमा २५देखि ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ। सरकारले कोरोना भाइरसको असरलाई नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडाउन गरेको छ।

यस अवधिमा बैंकिङ कारोबार हुन सकेको छैन। बैंकमा कारोबार हुनका लागि अन्य सबै क्षेत्रहरु चलायमान हुनु पर्छ। त्रैमासको अन्तिम महिनामै कारोबार नहुँदा बैंकहरुले सावा तथा किस्ता उठाउन पाउँदैनन्। बैंकले समयमा व्याज र किस्ता उठाउन नपाउँदा तेस्रो त्रैमासको नाफामा असर गर्ने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन्। तेस्रो त्रैमासको नाफामा खासै दबाब नपरे पनि आगामी चार महिनाको व्यवसायले बैंकको नाफामा सबैभन्दा धेरै असर गर्ने उनको तर्क छ।

अहिले नै यति प्रतिशतले नाफा घट्छ भन्ने हिसावकिताव नगरिए पनि लगभग २५ देखि ३० प्रतिशत नाफा घट्ने बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए। चालु आर्थिक वर्षको ९ महिना बैंकहरुले राम्रो व्यवसाय गरेको हुँदा नाफामा डामाडोल नभए पनि पछिल्लो चार महिनाको व्यवसायले बैंकहरुलाई सपोर्ट गर्ने देखिदैन।

नयाँ व्यापार विस्तार नहुँदा निक्षेप तथा कर्जा लगानी लगभग शून्य छ। बरु लकिङ पिरियड लम्बिदै गयो भने निक्षेपकर्ताले जीविकोपार्जनका लागि आफूसँग भएको निक्षेप निकाल्ने छन्। एकातिर निक्षेप बाहिरिरहने र अर्कोतर्फ निक्षेप सिर्जना हुने कामहरु ठप्प भएका छन्। यस अवधिमा ऋणीले थप कर्जा लैजाने अवस्था रहँदैन।

ऋण लिएकाले पनि सावा र व्याज किस्ता तिर्न सक्ने अवस्था छैन। राष्ट्र बैंकले चैत मसान्तमा भुक्तानी गर्नुपर्ने सावा र किस्ता असार मसान्तसम्म भुक्तानी गर्न कुनै पनि हर्जना नलिन बैंकहरुलाई निर्देशन गरेको छ। यदि कुनै ऋणीले चैत समान्तमा व्याज तिर्न चाहेमा १० प्रतिशत छुट दिन राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ। यसले बैंकहरुको नियमित आम्दानीमा कम्तिमा पनि १० प्रतिशत कमी आउने र नाफा थप खुम्चिने एनएमबी बैंकका केसी बताउँछन्।

यसो गरे बापत राष्ट्र बैंकले बैंकहरुलाई वाच लिष्टमा राख्ने व्यवस्थामा केहि सहजीकरण गरिदिएको छ। नत्र सावा व्याज तिर्न पनि नसक्ने साथै उक्त कर्जालाई वाच लिष्टमा पनि राख्नुपर्ने भएको भए बैंकहरुको नाफामा ठूलो गिरावट आउने थियो।

कोरोनाको प्रभाव अझै कति समयसम्म रहन्छ भन्ने एकीन छैन त्यसैले अहिले नै बैंकको नाफा यति घट्छ भन्ने अवस्था नरहेको बैंकरहरु बताउँछन्। बैंकको व्यवसाय तथा आम्दानीमा धेरै प्रभाव पार्ने तर खर्च भने यथावत नै रहने भएकाले स्वभाविक रुपमा नाफामा ठूलो गिरावट आउने राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। 

उनले भने ‘खर्च घटाउन सकिँदैन। तलब भत्तालगायतको खर्च रोक्न सकिँदैन। निक्षेप कर्ताहरुलाई दिनुपर्ने व्याज तथा अन्य खर्च यथावत रहेको अवस्थामा सबैभन्दा धेरै दबाब बैंकको नाफामा पर्नेछ।’ यस वर्ष बैंकहरुले तार्गेट गरेको भन्दा धेरै नाफा तल हुने श्रेष्ठको विश्लेषण छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको अवस्थामा सबैभन्दा धेरै बैंकहरुको व्याज आम्दानीमा असर पर्नेछ। चैत मसान्तमा तिर्नुपर्ने व्याज असार पुर्‍याए पनि अझैं कोरोनाको प्रभाव कहिलेसम्म र कति पर्छ भन्ने आकलन गर्न सकिएको छैन। यदि यस्तै अवस्था लम्बिदै जाने हो भने विगत लामो समयदेखि उच्च दरमा सुधार भैरहेको नाफा यस वर्ष घट्दो क्रममा देखिन सक्ने श्रेष्ठ बताउँछन्।

यस वर्षको नाफाको गिरावट यहि तेस्रो त्रैमासिक अवधिबाटै देखिन थाल्ने श्रेष्ठको तर्क छ। बैंकहरुको आम्दानीको अर्को स्रोत बैंकिङ सुविधा उपलब्ध गराए बापत प्राप्त हुने शुल्क तथा कमिसन तर्फको आम्दानी घट्ने निश्चित छ। आम्दानीको बाटो एकपछि अर्को गर्दै रोकिदै गर्दा खर्च भने उहि यथावत रहनुले नाफा तल झर्नु स्वभाविक हुने बैंकरहरु बताउँछन्।

अहिलेको अवस्थामा आम्दानी क्षेत्रलाई मात्रै दवावमा पार्ने भएकाले स्वभाविक रुपमा नाफामा प्रभाव पर्ने वाणिज्य बैंकका प्रमुख श्रेष्ठले बताए। राष्ट्र बैंकले यस अवधिमा भुक्तानी गर्नुपर्ने सावा र व्याज नतिरेको आधारमा वाच लिष्टमा राख्नु नपर्ने व्यवस्था गरेकोले नाफामा केहि राहत मिल्ने श्रेष्ठले बताए।

गएका वर्षमा बैंकहरुको नाफाको वृद्धिदर उच्च थियो। बैंकहरुले धेरै नाफा गरेको भन्दै चौतर्फी विरोध आउन थालेपछि नेपाल राष्ट्र बैंकले स्प्रेड दरको अंकुश लगाउँदै आएको छ। यस वर्ष बैंकहरुको ४.४ प्रतिशतको स्प्रेड दर कायम गर्न दबाबमा रहेको एनएमबीका प्रमुख केसीले बताए। उनले भने ‘स्प्रेडदरको कारणले नाफामा दबाब झेल्दै आएका बैंकहरुलाई कोरोनाको प्रभावले थप असर पुर्‍याएकाे छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत आर्थिक वर्षमा बैंकहरुको नाफा २४ प्रतितले सुधार भएको थियो। तर यहि स्प्रेड दरको कारण चालु आर्थिक वर्षमा बैंकहरुको नाफाको वृद्धिदर ६/७ प्रतिशतमा खुम्चिसकेको छ। नयाँ शाखा विस्तार, ती शाखामा नयाँ कर्मचारीको भर्ना साथै अन्य सञ्चालन खर्च उच्च हुँदा नाफामा उल्लेख्य सुधार गर्न नसकेका बैंकहरुलाई यस वर्षको महामारीले थप दबाब पार्ने भएको हो।

अवस्था सामान्य भएपछि पनि सबै क्षेत्र रिभाव हुन केहि समय लाग्नेछ। ती कम्पनीहरुले राम्रोसँग कारोबार नगरेसम्म बैंकिङ क्षेत्रमात्रै सुधार हुन नसक्ने केसीको तर्क छ। राष्ट्र बैंकले खराव कर्जाको व्यवस्थाका विषयमा केहि सहजिकरण गर्दा बैंकहरुलाई राहत मिलेको छ।

त्यस्तै काउन्टर बफर साइकललाई स्थगित गरेको छ। अनिवार्य तरलता अनुपातमा केहि खुकुलो गरेको हुँदा बैंकहरुको व्यवसाय विस्तारको केहि रुपमा खुला भएपनि अवस्था सामान्य नभएसम्म नाफामा दबाब परिरहनेछ। यसले गर्दा आगामी आर्थिक वर्षमा बैंकहरुले दिने प्रतिफलमा पनि ठूलो असर पर्ने छ। विगतका वर्षमा राम्रो प्रतिफल दिँदै आएका बैंकहरुको लाभांस दरमा पनि केहि ब्रेक लाग्न सक्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:२५
  • #अर्थिक-क्षेत्रमा-प्रभाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्