• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बैंकहरुको नाफा कम्तीमा २५ प्रतिशत घट्न सक्ने

64x64
अरुण सापकोटा मंगलबार, चैत १८, २०७६  १६:२५
1140x725

काठमाडौं- आम मानिसको जीवन तथा सरकारकै टाउको दुखाईको विषय कोरोना भाइरसको बढ्दो प्रभावले बैंकहरुको नाफा कम्तीमा २५देखि ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ। सरकारले कोरोना भाइरसको असरलाई नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडाउन गरेको छ।

यस अवधिमा बैंकिङ कारोबार हुन सकेको छैन। बैंकमा कारोबार हुनका लागि अन्य सबै क्षेत्रहरु चलायमान हुनु पर्छ। त्रैमासको अन्तिम महिनामै कारोबार नहुँदा बैंकहरुले सावा तथा किस्ता उठाउन पाउँदैनन्। बैंकले समयमा व्याज र किस्ता उठाउन नपाउँदा तेस्रो त्रैमासको नाफामा असर गर्ने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन्। तेस्रो त्रैमासको नाफामा खासै दबाब नपरे पनि आगामी चार महिनाको व्यवसायले बैंकको नाफामा सबैभन्दा धेरै असर गर्ने उनको तर्क छ।

अहिले नै यति प्रतिशतले नाफा घट्छ भन्ने हिसावकिताव नगरिए पनि लगभग २५ देखि ३० प्रतिशत नाफा घट्ने बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए। चालु आर्थिक वर्षको ९ महिना बैंकहरुले राम्रो व्यवसाय गरेको हुँदा नाफामा डामाडोल नभए पनि पछिल्लो चार महिनाको व्यवसायले बैंकहरुलाई सपोर्ट गर्ने देखिदैन।

नयाँ व्यापार विस्तार नहुँदा निक्षेप तथा कर्जा लगानी लगभग शून्य छ। बरु लकिङ पिरियड लम्बिदै गयो भने निक्षेपकर्ताले जीविकोपार्जनका लागि आफूसँग भएको निक्षेप निकाल्ने छन्। एकातिर निक्षेप बाहिरिरहने र अर्कोतर्फ निक्षेप सिर्जना हुने कामहरु ठप्प भएका छन्। यस अवधिमा ऋणीले थप कर्जा लैजाने अवस्था रहँदैन।

ऋण लिएकाले पनि सावा र व्याज किस्ता तिर्न सक्ने अवस्था छैन। राष्ट्र बैंकले चैत मसान्तमा भुक्तानी गर्नुपर्ने सावा र किस्ता असार मसान्तसम्म भुक्तानी गर्न कुनै पनि हर्जना नलिन बैंकहरुलाई निर्देशन गरेको छ। यदि कुनै ऋणीले चैत समान्तमा व्याज तिर्न चाहेमा १० प्रतिशत छुट दिन राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ। यसले बैंकहरुको नियमित आम्दानीमा कम्तिमा पनि १० प्रतिशत कमी आउने र नाफा थप खुम्चिने एनएमबी बैंकका केसी बताउँछन्।

यसो गरे बापत राष्ट्र बैंकले बैंकहरुलाई वाच लिष्टमा राख्ने व्यवस्थामा केहि सहजीकरण गरिदिएको छ। नत्र सावा व्याज तिर्न पनि नसक्ने साथै उक्त कर्जालाई वाच लिष्टमा पनि राख्नुपर्ने भएको भए बैंकहरुको नाफामा ठूलो गिरावट आउने थियो।

कोरोनाको प्रभाव अझै कति समयसम्म रहन्छ भन्ने एकीन छैन त्यसैले अहिले नै बैंकको नाफा यति घट्छ भन्ने अवस्था नरहेको बैंकरहरु बताउँछन्। बैंकको व्यवसाय तथा आम्दानीमा धेरै प्रभाव पार्ने तर खर्च भने यथावत नै रहने भएकाले स्वभाविक रुपमा नाफामा ठूलो गिरावट आउने राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। 

उनले भने ‘खर्च घटाउन सकिँदैन। तलब भत्तालगायतको खर्च रोक्न सकिँदैन। निक्षेप कर्ताहरुलाई दिनुपर्ने व्याज तथा अन्य खर्च यथावत रहेको अवस्थामा सबैभन्दा धेरै दबाब बैंकको नाफामा पर्नेछ।’ यस वर्ष बैंकहरुले तार्गेट गरेको भन्दा धेरै नाफा तल हुने श्रेष्ठको विश्लेषण छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको अवस्थामा सबैभन्दा धेरै बैंकहरुको व्याज आम्दानीमा असर पर्नेछ। चैत मसान्तमा तिर्नुपर्ने व्याज असार पुर्‍याए पनि अझैं कोरोनाको प्रभाव कहिलेसम्म र कति पर्छ भन्ने आकलन गर्न सकिएको छैन। यदि यस्तै अवस्था लम्बिदै जाने हो भने विगत लामो समयदेखि उच्च दरमा सुधार भैरहेको नाफा यस वर्ष घट्दो क्रममा देखिन सक्ने श्रेष्ठ बताउँछन्।

यस वर्षको नाफाको गिरावट यहि तेस्रो त्रैमासिक अवधिबाटै देखिन थाल्ने श्रेष्ठको तर्क छ। बैंकहरुको आम्दानीको अर्को स्रोत बैंकिङ सुविधा उपलब्ध गराए बापत प्राप्त हुने शुल्क तथा कमिसन तर्फको आम्दानी घट्ने निश्चित छ। आम्दानीको बाटो एकपछि अर्को गर्दै रोकिदै गर्दा खर्च भने उहि यथावत रहनुले नाफा तल झर्नु स्वभाविक हुने बैंकरहरु बताउँछन्।

अहिलेको अवस्थामा आम्दानी क्षेत्रलाई मात्रै दवावमा पार्ने भएकाले स्वभाविक रुपमा नाफामा प्रभाव पर्ने वाणिज्य बैंकका प्रमुख श्रेष्ठले बताए। राष्ट्र बैंकले यस अवधिमा भुक्तानी गर्नुपर्ने सावा र व्याज नतिरेको आधारमा वाच लिष्टमा राख्नु नपर्ने व्यवस्था गरेकोले नाफामा केहि राहत मिल्ने श्रेष्ठले बताए।

गएका वर्षमा बैंकहरुको नाफाको वृद्धिदर उच्च थियो। बैंकहरुले धेरै नाफा गरेको भन्दै चौतर्फी विरोध आउन थालेपछि नेपाल राष्ट्र बैंकले स्प्रेड दरको अंकुश लगाउँदै आएको छ। यस वर्ष बैंकहरुको ४.४ प्रतिशतको स्प्रेड दर कायम गर्न दबाबमा रहेको एनएमबीका प्रमुख केसीले बताए। उनले भने ‘स्प्रेडदरको कारणले नाफामा दबाब झेल्दै आएका बैंकहरुलाई कोरोनाको प्रभावले थप असर पुर्‍याएकाे छ।’

Xtrem

Xtrem

गत आर्थिक वर्षमा बैंकहरुको नाफा २४ प्रतितले सुधार भएको थियो। तर यहि स्प्रेड दरको कारण चालु आर्थिक वर्षमा बैंकहरुको नाफाको वृद्धिदर ६/७ प्रतिशतमा खुम्चिसकेको छ। नयाँ शाखा विस्तार, ती शाखामा नयाँ कर्मचारीको भर्ना साथै अन्य सञ्चालन खर्च उच्च हुँदा नाफामा उल्लेख्य सुधार गर्न नसकेका बैंकहरुलाई यस वर्षको महामारीले थप दबाब पार्ने भएको हो।

अवस्था सामान्य भएपछि पनि सबै क्षेत्र रिभाव हुन केहि समय लाग्नेछ। ती कम्पनीहरुले राम्रोसँग कारोबार नगरेसम्म बैंकिङ क्षेत्रमात्रै सुधार हुन नसक्ने केसीको तर्क छ। राष्ट्र बैंकले खराव कर्जाको व्यवस्थाका विषयमा केहि सहजिकरण गर्दा बैंकहरुलाई राहत मिलेको छ।

त्यस्तै काउन्टर बफर साइकललाई स्थगित गरेको छ। अनिवार्य तरलता अनुपातमा केहि खुकुलो गरेको हुँदा बैंकहरुको व्यवसाय विस्तारको केहि रुपमा खुला भएपनि अवस्था सामान्य नभएसम्म नाफामा दबाब परिरहनेछ। यसले गर्दा आगामी आर्थिक वर्षमा बैंकहरुले दिने प्रतिफलमा पनि ठूलो असर पर्ने छ। विगतका वर्षमा राम्रो प्रतिफल दिँदै आएका बैंकहरुको लाभांस दरमा पनि केहि ब्रेक लाग्न सक्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:२५
  • #अर्थिक-क्षेत्रमा-प्रभाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्