काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने प्रति स्मरण गराएका छन्।
मेडिकल खरिद प्रक्रियामा अनियमितताको विषय सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रवक्ता शर्माले ट्विटमार्फत् अख्तियारको ध्यानाकर्षण गराएका हुन्।
संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व रहेको उनले लेखेका छन्। संकटकै बेलामा हुने अनियमितताको विषयमा समेत अख्तियारको ख्याल गर्न उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।