• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिरामी नम्बर ३१ : एकजनाको लापरवाहीले कसरी फैलिन्छ महामारी?

64x64
नेपाल लाइभ मंगलबार, चैत १८, २०७६  १४:३४
1140x725

कन्ट्याक्ट ट्रेसिङ अर्थात् संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने कार्य। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार लकडाउन महामारीसँग लड्ने दास्रो अस्त्र हो। भाइरस माथि विजय प्राप्त गर्नुछ भने हामीले चाल्ने पहिलो कदम भनेको संक्रमित र संक्रमितसँग सम्पर्कमा आएका सम्पूर्ण व्यतिmहरुको पहिचान नै हो। यो कार्य सवैभन्दा कुशलतापूर्वक गर्ने राष्ट्रहरुको सूचीमा दक्षिण कोरिया अग्रपंतिमा छ। 

दक्षिण कोरियामा महामारी कसरी फैलियो अनि त्यहाँको सरकारले कसरी कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने सन्दर्भमा एउटा रोचक सामाग्री पढ्न पाइन्छ, “बिरामी नम्बर ३१”।

डिसेम्बरको अन्त्य तिर चिनबाट फैलिएको कोभिड १९ को महामारी जनवरी २० तारिखमा गएर बल्ल दक्षिण कोरियामा पहिलोपटक  पुष्टि भयो। पहिलो संक्रमित व्यक्ति वुहानबाट आएकी ३५ वर्षकी चाइनिज महिला थिइन्। वुहानबाट आएको भन्नासाथ उनलाई कोरिया प्रवेश लगत्तै आइसोलेसनमा राखिएको थियो। पहिलो संक्रमण भएको मितिले १ महिनासम्म त्यहाँ जम्मा ३० जनामा संक्रमण देखियो। त्यही अवधिमा संक्रमितलाई आइसोलेसनमा राख्नुको साथै उनीहरुसँग सम्पर्कमा आएका सयौंको पहिचान पनि गरियो। यसरी भाइरस देशमा प्रवेश गरिसकेको भएतापनि, संक्रमण जम्मा ३० जनामा मात्र सिमित थियो। 

तर, जब ३१ औँ व्यक्ति संक्रमित भए, सवैथोक रातारात बदलियो। 

३१ औँ नम्बर की बिरामी कसबाट संक्रमित हुन पुगिन भनेर त पत्ता लाग्न सकेको छैन तर उनी कहाँकहाँ गइन ? कसकसलाई भेटिन् र कोकोसँग कतिबेर सम्पर्कमा आइन्? भनेर चाहिँ त्यहाँको सरकारले नालीबेली निकाल्यो, जसको इतिवृतान्त यसप्रकार छ :

जनवरी २९ तारिखका दिन उनी राजधानी सिओलकै स्थानीय क्लबमा गएकी थिइन्। फेब्रुअरी ६ तारिखमा उनी सामान्य दुर्घटनामा परिन् र उपचारका लागि स्थानीय ओरिएन्टल अस्पताल पुगिन्, जहाँ उनलाई भर्ना गरियो। अस्पतालमै रहँदा अर्को दिन उनलाइ घाँटी दुख्ने समस्या देखियो। आफूलाई पहिला पनि यस्तो रुघाखोकी  र घाँटी दुख्ने समस्या भइरहने  र यो विचमा चिन पनि नगएको भनेर चिकित्सकहरुले सुझाउँदा सुझाउँदै पनि कोरोना भाइरसको परीक्षण गर्न अस्वीकार गरिन्।

यसैबिच फेब्रुअरी ९ तारिखका दिन त्यहिँको “सिनच्योन्जी” चर्चमा आयोजना भएको एक समारोहमा लगभग दुई घण्टा सरिक भइन्। त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी १० तारिखका दिन उनलाई ज्वरो आयो। त्यसपश्चात् पनि उनले जाँच गराउन अस्विकार गरिन्। केही अप्ठ्यारो महशुस हुन थालेपछि घरमै बसेकी उनी १५ फेब्रुअरीमा भने ट्याक्सी चढेर साथीसँग स्थानीय रेष्टुरेन्टमा डिनर खान गएकी थिइन्। अझ त्यो भन्दा कहालीलाग्दो त फेब्रुअरी १६ तारिखमा त्यही “सिनच्योन्जी” चर्चमा पुनः प्रार्थनाका लागि पुगिन्। 

nimb
nimb

रुघा, खोकी र ज्वरोले असाध्यै गाल्न थालेपछि फेब्रुअरी १७ तारिखमा उनी पहिले गएको भन्दा फरक अस्पतालमा पुगिन् र सम्पूर्ण जाँच गर्ने अनुमति दिइन्। यसरी फेब्रुअरी १८ तारिखमा उनी दक्षिण कोरियाको ३१ औँ संक्रमित व्यक्ति बन्न पुगिन्।

दक्षिण कोरियामा अहिलेसम्म कोभिड १९ का ९ हजार ७८६ संक्रमित भेटिएका छन्। भनिन्छ, यी मध्य ८० प्रतिशत व्यतिmहरुमा संक्रमण तिनै ३१ औँ नम्बरकी महिलाबाट फैलिएको थियो। कोरियामा रहेका विज्ञहरुका अनुसार ३० जनामा संक्रमण देखिने बेलासम्म स्थिति उनीहरुको काबुमै थियो। सवै संक्रमित र संक्रमितसँग जोडिएका सवै राज्यको निगरानीमै थिए।  तर, फगत एकजनाको लापरबाहीले गर्दा त्यसको मूल्य सिङ्गो कोरियाले चुकाउनु पर्यो।

ती महिलाको लापरबाही त एक ठाउँमा छँदैछ, अहिले आएर संक्रमण फैलनुको मूख्य दोष  “सिनच्योन्जी” चर्चमाथि थोपरिएको छ। फेब्रुअरी ९ र १६ तारिखका दिन जतिखेर ३१ औँ बिरामी चर्च पुगेकी थिइन्, त्यतिखेर करिब नौ हजार ३ सय मानिस त्यहाँ जम्मा भएका थिए। चर्चको नियमअनुसार प्रार्थनाको समयमा करिब २ घण्टा त्यहाँ सवैजना एक अर्कासँग कुम जोडेर अनि  घुँडा टेकेर बस्नुपर्ने रहेछ। त्यति मात्र नभइ प्रार्थनाको अवधिमा कुनैपनि वस्तु जस्तै मास्क, चस्मा आदिले  आफ्नो अनुहार छोप्न नपाइदो रहेछ। 

३१ औँ नम्बरकी ती महिलाले अस्पतालमा जाँच गराउन अस्वीकार गर्नुको पछाडि पनि त्यसै चर्चका पास्टरको प्रवचन मुख्य जिम्मेवार भएको बताइएको छ। कोभिड १९ को प्रकोप देखिएसँगै जब कोरियामा पनि  सार्वजनिक सभा, सम्मेलन र धार्मिक गतिविधिहरुमा रोक लगाइनुपर्छ भनेर आवाज उठ्न थाल्यो, तब उनले पटकपटक आफ्ना प्रवचनहरुमा  कोरोना भाइरस दुष्ट आत्माहरुले चर्च र धर्मको नाश गर्न चलाएको हौवा हो भनेका थिए। 

पछि त्यस चर्चमा आएका मध्य १२ सय जनामा संक्रमण पुष्टि भएको थियो।

१७ फेब्रुअरीमा ३१ औं संक्रमण भेटिए पश्चात्  ती संक्रमित कहाँकहाँ गएकी थिइन् भन्ने पत्ता लगाएर अत्यन्त छोटो समयमै कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। स्थानीय प्रशासनले केही दिनमै ९ र १६ फेब्रुअरीमा त्यस चर्चमा आएका ९ हजार तीन सय जनाकै नाम र ठेगानाको सम्पूर्ण जानकारी निकालेको थियो। त्यसपछि ती सबैको घरघरमा पुगेर उनीहरु र उनीहरु  सम्पर्कमा आएका सबैको जाँच गरिएको थियो।

कोरियामा घटेको यस घटनाबाट हामीले दुई महत्वपूर्ण कुराको पाठ सिक्न सक्छौं। पहिलो भनेको एकजनाको मूख्र्याइँ वा लापरवाहीको मूल्य सिङ्गो देशले चुकाउन पर्ने हुन सक्छ, जसमा हजारौंको मृत्यु अनि लाखौँ जनताको भविष्य जोडिएको हुनसक्छ। 

दोस्रो पाठ सरकार वा नेतृत्वमा बसेकाहरुका लागि महत्वपूर्ण छ। यदि यस भाइरस माथि विजय प्राप्त गर्नुछ भने  हरेक संक्रमितसँग जोडिएका सयौँ, हजारौँ वा लाखौँ व्यक्तिको पहिचान गरी समयमै जाँच र उपचार गर्नुको विकल्प छैन।

(रोयटर्सको यो सामाग्री विशद दाहालले नेपालीमा अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्