• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिरामी नम्बर ३१ : एकजनाको लापरवाहीले कसरी फैलिन्छ महामारी?

64x64
नेपाल लाइभ मंगलबार, चैत १८, २०७६  १४:३४
1140x725

कन्ट्याक्ट ट्रेसिङ अर्थात् संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने कार्य। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार लकडाउन महामारीसँग लड्ने दास्रो अस्त्र हो। भाइरस माथि विजय प्राप्त गर्नुछ भने हामीले चाल्ने पहिलो कदम भनेको संक्रमित र संक्रमितसँग सम्पर्कमा आएका सम्पूर्ण व्यतिmहरुको पहिचान नै हो। यो कार्य सवैभन्दा कुशलतापूर्वक गर्ने राष्ट्रहरुको सूचीमा दक्षिण कोरिया अग्रपंतिमा छ। 

दक्षिण कोरियामा महामारी कसरी फैलियो अनि त्यहाँको सरकारले कसरी कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने सन्दर्भमा एउटा रोचक सामाग्री पढ्न पाइन्छ, “बिरामी नम्बर ३१”।

डिसेम्बरको अन्त्य तिर चिनबाट फैलिएको कोभिड १९ को महामारी जनवरी २० तारिखमा गएर बल्ल दक्षिण कोरियामा पहिलोपटक  पुष्टि भयो। पहिलो संक्रमित व्यक्ति वुहानबाट आएकी ३५ वर्षकी चाइनिज महिला थिइन्। वुहानबाट आएको भन्नासाथ उनलाई कोरिया प्रवेश लगत्तै आइसोलेसनमा राखिएको थियो। पहिलो संक्रमण भएको मितिले १ महिनासम्म त्यहाँ जम्मा ३० जनामा संक्रमण देखियो। त्यही अवधिमा संक्रमितलाई आइसोलेसनमा राख्नुको साथै उनीहरुसँग सम्पर्कमा आएका सयौंको पहिचान पनि गरियो। यसरी भाइरस देशमा प्रवेश गरिसकेको भएतापनि, संक्रमण जम्मा ३० जनामा मात्र सिमित थियो। 

तर, जब ३१ औँ व्यक्ति संक्रमित भए, सवैथोक रातारात बदलियो। 

३१ औँ नम्बर की बिरामी कसबाट संक्रमित हुन पुगिन भनेर त पत्ता लाग्न सकेको छैन तर उनी कहाँकहाँ गइन ? कसकसलाई भेटिन् र कोकोसँग कतिबेर सम्पर्कमा आइन्? भनेर चाहिँ त्यहाँको सरकारले नालीबेली निकाल्यो, जसको इतिवृतान्त यसप्रकार छ :

जनवरी २९ तारिखका दिन उनी राजधानी सिओलकै स्थानीय क्लबमा गएकी थिइन्। फेब्रुअरी ६ तारिखमा उनी सामान्य दुर्घटनामा परिन् र उपचारका लागि स्थानीय ओरिएन्टल अस्पताल पुगिन्, जहाँ उनलाई भर्ना गरियो। अस्पतालमै रहँदा अर्को दिन उनलाइ घाँटी दुख्ने समस्या देखियो। आफूलाई पहिला पनि यस्तो रुघाखोकी  र घाँटी दुख्ने समस्या भइरहने  र यो विचमा चिन पनि नगएको भनेर चिकित्सकहरुले सुझाउँदा सुझाउँदै पनि कोरोना भाइरसको परीक्षण गर्न अस्वीकार गरिन्।

यसैबिच फेब्रुअरी ९ तारिखका दिन त्यहिँको “सिनच्योन्जी” चर्चमा आयोजना भएको एक समारोहमा लगभग दुई घण्टा सरिक भइन्। त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी १० तारिखका दिन उनलाई ज्वरो आयो। त्यसपश्चात् पनि उनले जाँच गराउन अस्विकार गरिन्। केही अप्ठ्यारो महशुस हुन थालेपछि घरमै बसेकी उनी १५ फेब्रुअरीमा भने ट्याक्सी चढेर साथीसँग स्थानीय रेष्टुरेन्टमा डिनर खान गएकी थिइन्। अझ त्यो भन्दा कहालीलाग्दो त फेब्रुअरी १६ तारिखमा त्यही “सिनच्योन्जी” चर्चमा पुनः प्रार्थनाका लागि पुगिन्। 

Ncell 2
Ncell 2

रुघा, खोकी र ज्वरोले असाध्यै गाल्न थालेपछि फेब्रुअरी १७ तारिखमा उनी पहिले गएको भन्दा फरक अस्पतालमा पुगिन् र सम्पूर्ण जाँच गर्ने अनुमति दिइन्। यसरी फेब्रुअरी १८ तारिखमा उनी दक्षिण कोरियाको ३१ औँ संक्रमित व्यक्ति बन्न पुगिन्।

दक्षिण कोरियामा अहिलेसम्म कोभिड १९ का ९ हजार ७८६ संक्रमित भेटिएका छन्। भनिन्छ, यी मध्य ८० प्रतिशत व्यतिmहरुमा संक्रमण तिनै ३१ औँ नम्बरकी महिलाबाट फैलिएको थियो। कोरियामा रहेका विज्ञहरुका अनुसार ३० जनामा संक्रमण देखिने बेलासम्म स्थिति उनीहरुको काबुमै थियो। सवै संक्रमित र संक्रमितसँग जोडिएका सवै राज्यको निगरानीमै थिए।  तर, फगत एकजनाको लापरबाहीले गर्दा त्यसको मूल्य सिङ्गो कोरियाले चुकाउनु पर्यो।

ती महिलाको लापरबाही त एक ठाउँमा छँदैछ, अहिले आएर संक्रमण फैलनुको मूख्य दोष  “सिनच्योन्जी” चर्चमाथि थोपरिएको छ। फेब्रुअरी ९ र १६ तारिखका दिन जतिखेर ३१ औँ बिरामी चर्च पुगेकी थिइन्, त्यतिखेर करिब नौ हजार ३ सय मानिस त्यहाँ जम्मा भएका थिए। चर्चको नियमअनुसार प्रार्थनाको समयमा करिब २ घण्टा त्यहाँ सवैजना एक अर्कासँग कुम जोडेर अनि  घुँडा टेकेर बस्नुपर्ने रहेछ। त्यति मात्र नभइ प्रार्थनाको अवधिमा कुनैपनि वस्तु जस्तै मास्क, चस्मा आदिले  आफ्नो अनुहार छोप्न नपाइदो रहेछ। 

३१ औँ नम्बरकी ती महिलाले अस्पतालमा जाँच गराउन अस्वीकार गर्नुको पछाडि पनि त्यसै चर्चका पास्टरको प्रवचन मुख्य जिम्मेवार भएको बताइएको छ। कोभिड १९ को प्रकोप देखिएसँगै जब कोरियामा पनि  सार्वजनिक सभा, सम्मेलन र धार्मिक गतिविधिहरुमा रोक लगाइनुपर्छ भनेर आवाज उठ्न थाल्यो, तब उनले पटकपटक आफ्ना प्रवचनहरुमा  कोरोना भाइरस दुष्ट आत्माहरुले चर्च र धर्मको नाश गर्न चलाएको हौवा हो भनेका थिए। 

पछि त्यस चर्चमा आएका मध्य १२ सय जनामा संक्रमण पुष्टि भएको थियो।

१७ फेब्रुअरीमा ३१ औं संक्रमण भेटिए पश्चात्  ती संक्रमित कहाँकहाँ गएकी थिइन् भन्ने पत्ता लगाएर अत्यन्त छोटो समयमै कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। स्थानीय प्रशासनले केही दिनमै ९ र १६ फेब्रुअरीमा त्यस चर्चमा आएका ९ हजार तीन सय जनाकै नाम र ठेगानाको सम्पूर्ण जानकारी निकालेको थियो। त्यसपछि ती सबैको घरघरमा पुगेर उनीहरु र उनीहरु  सम्पर्कमा आएका सबैको जाँच गरिएको थियो।

कोरियामा घटेको यस घटनाबाट हामीले दुई महत्वपूर्ण कुराको पाठ सिक्न सक्छौं। पहिलो भनेको एकजनाको मूख्र्याइँ वा लापरवाहीको मूल्य सिङ्गो देशले चुकाउन पर्ने हुन सक्छ, जसमा हजारौंको मृत्यु अनि लाखौँ जनताको भविष्य जोडिएको हुनसक्छ। 

दोस्रो पाठ सरकार वा नेतृत्वमा बसेकाहरुका लागि महत्वपूर्ण छ। यदि यस भाइरस माथि विजय प्राप्त गर्नुछ भने  हरेक संक्रमितसँग जोडिएका सयौँ, हजारौँ वा लाखौँ व्यक्तिको पहिचान गरी समयमै जाँच र उपचार गर्नुको विकल्प छैन।

(रोयटर्सको यो सामाग्री विशद दाहालले नेपालीमा अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्