काठमाडौं–सरकारले लकडाउन घोषणा गरेसँगै नेपालमा रहेको अमेरिक नागरिक लिएर कतार एयरवेजको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको छ।
नेपाल पर्यटन बोर्डले नेपालमा विभिन्न स्थानमा अलपत्र परका अमेरिकीलाई उद्धार गरी पर्यटन बोर्डले काठमाडौं ल्याएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ३ सय २ अमेरिकी लिएर कतार एयरवेजले उडान भरेको हो। जसमा ९ जना बच्चा छन्। अमेरिकी नागरिक लैजान अमेरिकी दूतावासले कतार एयरवेजको जहाज चार्टर गरेको थियो। केही अगाडिमात्रै युरोपियन देशमा ९ सय ९ नागरिकको पनि कतार एयरवेजले नै उद्दार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।