एजेन्सी–विश्व बैंकले कोरोना भाइरसका कारण पूर्वी एसियाका १.१ करोड मानिस गरिबीको जालमा फस्न सक्ने चेतावनी दिएको छ। भाइरसको फैलावटका कारण विश्वकै अर्थव्यवस्था समस्याग्रत भइरहेको भन्दै विश्व बैंकले गहिरो चोट व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो।
विश्व बैंकले कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थामा पनि असर पर्ने जनाएको छ। ‘एशियामा गरिबी झन बढ्न सक्ने छ’, बैंकका प्रमुख अर्थशास्त्री आदित्या मट्टुले भने, ‘चीनको अर्थव्यवस्थाको वृद्धि २.३ प्रतिशतमा आउने छ।’
केही महिना अघि नै विश्व बैकले चीनको अर्थ व्यवस्थाको वृद्धिदर ५.९ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको थियो । कोरोना भाइरसका कारण अवस्था झन् खराब भएको दाबी अहिले गरेको छ। विश्व बैकले चीनसँगै भारत, पाकिस्तान , नेपालजस्ता देशमा पनि ठूलो असर पर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।