काठमाडौं-नागरिक लगानी कोषले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। लगानीकोषको १७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो।
कोषमा कार्यकारी निर्देशक रामण नेपालले एक महिनाको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरेसरह दशौ तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायकस्तरका कर्मचारीहरुले तीन दिनको तलब बराबरको रहक सहयोग गर्ने भएका छन्।
सरकारले स्थापना गरेको कोषमा सरकारी तथा गैरसरकारी निकायबाट सहयोग आउने क्रम जारी छ। लगभग सरकारी निकायहरु सबैले आर्थिक सहयोग गर्ने निर्णय गरिसकेका छन्। यस अगाडि कर्मचारी सञ्चयकोषले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।