दुबई– संयुक्त अरब इमिरेट्स (युएई) मा थप दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।
युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले जनाएअनुसार थप दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि ४ नेपालीलाई कोरोना संक्रमण भएकोमा दुई जना निको भएका छन् भने दुई जना उपचाररत छन्।
युएईस्थित नेपाली दूतावासका अनुसार आइसोलेसनमा उपचाररत नेपालीको अवस्था स्थिर छ।
युएईमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ११ पुगेको छ । ५ जनाको मृत्यु भएको छ भने ६१ जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।