• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड–१९ : कसरी गरिन्छ परीक्षण, के हो सुरक्षा सामग्री?

दीपक अधिकारी मंगलबार, चैत १८, २०७६  ०९:३१
1140x725
सांकेतिक फोटो

काठमाडौं- झण्डै एक शताब्दी अघि लाखौँको मृत्युको कारण बनेको स्पेनिस फ्लु पछिको सबैभन्दा ठूलो महामारी मानिएको कोभिड–१९ को संक्रमणबाट यतिखेर विश्व आक्रान्त छ । नेपालमा पनि यस रोगबाट संक्रमितको संख्या पाँच पुगेको छ । ती सबै विदेशबाट आएका भएकोले तिनले यात्राको क्रममा अन्य व्यक्ति, आफ्नो घर परिवारका सदस्य र समुदायमा सारेको हुनसक्ने आशंका व्याप्त छ ।

नेपालले गत सातादेखि नै सीमा नाका बन्द गर्ने, अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र अत्यावश्यक बाहेकका सेवा, हिँडडुल र यातायात निषेध (लकडाउन) गरेको छ । तर यतिमात्र गरेर कोभिड–१९ को रोकथाम नहुने र खासगरी ठूलो संख्यामा सम्भावित संक्रमितको परीक्षण गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हुने विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि ‘थ्री टि’ अर्थात् ट्रेस, टेस्ट एण्ड ट्रिट (संक्रमित पत्ता लगाउने, उसको परीक्षण गर्ने र उपचार गर्ने) मा जोड दिएको छ ।

कमजोर स्वास्थ्य संरचना, अन्य क्षेत्रझै ढिलो गरी तात्ने स्वास्थ्य क्षेत्रको नेतृत्व र महामारी प्रतिको आम हेलचेक्र्याइँका बावजुद नेपाल यस महामारीको सामना गर्न तयार छ ? स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्रीलगायत आवश्यक उपकरण, तिनको प्रयोग गर्न जान्ने जनशक्ति र छुट्टै सघन उपचार कक्ष पर्याप्त छन् ? कोभिड–१९ नियन्त्रणको अर्को चरणमा नेपाल प्रवेश गर्दैगर्दा उठेका केही प्रश्नको जवाफ खोज्ने प्रयासमा हामीले यो जानकारीमुलक सामग्री तयार पारेका छौँ ।

कुन कुन अस्पतालले जाँच्छन् कोभिड–१९ बाट संक्रमित व्यक्ति ?

हाल काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र कान्ति बाल अस्पतालमा कोभिड–१९ बाट संक्रमितको उपचार भइरहेको छ भने काठमाडौको वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल अस्पताल लगायत देशभरिका २५ अस्पताललाई परीक्षणका लागि तोकिएको छ । हालसम्म पनि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ बाट संक्रमितको नमुना परीक्षण हुँदै आएकोमा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रयोगशाला बनाइएको छ । देशभरिबाट प्रयोगशालामा ल्याइएका नमुनाको  परीक्षणकाे परिणाम २४ घन्टाभित्र देखिने जनाइएको छ।

थप आधिकारिक सूचना तथा जानकारीका लागि सरकारले शुरु गरेको वेबसाइटमा जानुहोस् ।

कोभिड–१९ संक्रमितलाई जाँच्ने विधि के के छन् ?

मुलुकमा आवागमन र अत्याश्यक बाहेकका सबै सेवा बन्दाबन्दी गरिएपछि यतिखेर सबैको ध्यान परीक्षणतर्फ गएको छ । दक्षिण कोरिया र जर्मनीजस्ता देशले व्यापक रुपमा परीक्षण गरेकाले तुलनात्मक रुपमा ती देशमा संक्रमण दर कम हुनगएको विवरणहरु प्रकाशित भएका छन् । विश्व स्वास्थ्य संगठनले पनि बन्दाबन्दीसँगै युद्धस्तरमा परीक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

nimb
nimb

कोभिड–१९ का संक्रमितलाई जाँच्ने हालसम्म दुई तरिका उपलब्ध छन् । पहिलो पोलिमेरास चेन रियाक्सन (पिसिआर) र दोस्रो सेरोलोजिकल परीक्षण । पिसिआर वंशाणुमा आधारित परीक्षण विधि हो जसमा नाक वा घाँटीको स्वाब वा र्यालको नमुना लिइन्छ । श्वासप्रश्वाससम्बन्धी रोग कोभिड–१९ ले मान्छेको सम्पूर्ण श्वासप्रश्वास प्रणालीमा असर गर्ने भएकाले पिसिआर विधि प्रभावकारी भएको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । “भाइरसको वंशाणुको एउटा ढाँचा हुन्छ । त्यसको अनुक्रम पत्ता लगाउने विधि हो यो,” उनले साउथ एसिया चेकलाई बताए । हाल नेपामा उपलब्ध पिसिआर विधि संक्रमण भएको शुरुतिर प्रभावकारी हुन्छ । यस विधिमा रिएजेन्ट भनिने तत्वको प्रयोग गरिन्छ जसले भाइरसको वंशाणुको नक्कल गर्दछ । उक्त भाइरसमा त्यो मिल्यो भने त्यसको रंग बदलिन्छ ।

सुवेदीका अनुसार दोस्रो विधि सेरोलोजी मानिसको रोग प्रतिरोधी प्रणालीको भाइरससँग जम्काभेट भएपछि जीवाणुविरोधी तत्व पत्ता लगाउने विधि हो । यस विधिमा रगतमार्फत शरीरको रोग प्रतिरोधी क्षमतालाई मापन गरी संक्रमण भए नभएको पत्ता लगाइन्छ । सेरोलोजी संक्रमण भएकाे केही समय भइसके पछि चाहि प्रभावकारी हुने सुवेदी बताउँछन् । “मैले थाहा पाएसम्म हालसम्म भरपर्दो सेरोलोजी टेस्ट छैन,” उनले भने, “तर हालै अमेरिकाको एब्बोट कम्पनीले ल्याएको भनिएको उपकरण चाहिँ परीक्षणका लागि गेम चेन्जर हुनसक्छ ।” अमेरिकी सरकारको नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले विक्रीका लागि अनुमति दिइसकेको उक्त उपकरणले पाँच मिनेटमै परीक्षण गर्ने जनाइएको छ । दक्षिण कोरियाका पाँच कम्पनीले उत्पादन गरेका र्यापिड टेस्टिङ किट त्यहाँकोे नियमनकारी निकायले स्वीकृत गर्नुका साथै एफडिएले तीमध्ये तीन किटलाई अमेरिकामा प्रयाेगकाे अनुमति दिएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीले के कस्ता सामग्री प्रयोग गर्नुपर्छ?

न्यु योर्कर पत्रिकामा प्रकाशित हालैको एक आलेखमा अतुल गवाण्डेले अमेरिकामा कोभिड–१९ को सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई स्वपृथकीकरणमा पठाउनुपर्यो भने स्वास्थ्यकर्मीकाे संकट निम्तिने बताएका छन् । नेपालमा पनि संक्रमितको संख्या बढ्दै जादा र परीक्षण उपकरणहरु उपलब्ध हुन थालेपछि फ्रन्टलाइन अर्थात् अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरु (चिकित्सक, नर्स, प्रयोगशालाका प्राविधिक, एम्बुलेन्स चालक आदि) आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा संक्रमित नहुन् भनेर चनाखो हुनुपर्ने अवस्था छ ।

भारतीय मुलका अमेरिकी चिकित्सक–लेखक गवाण्डेकै जस्तै चिन्ता छ, डा पुष्पमणि खरालको पनि । “यो रोग स्वास्थ्यकर्मीलाई नलागोस् भनेर धेरै सचेत हुनुपर्छ,” उनले भने । यसका लागि पुरै शरीर ढाक्ने व्यक्तिगत सुरक्षा सामग्री अर्थात् पीपीइ (जसमा विशेष खाले चश्मा, पञ्जा, मास्क र जुत्ता पर्छन्) लगाउनुपर्छ । “अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीले एन९५ मास्क, डबल ग्लब्स, बुट, गाउन आदि लगाउनैपर्छ । यो सबै डिस्पोजेबल (एक पटक लगाएपछि नष्ट गरिने) हुन्छ,” उनले भने । हालै सरकारले चीनबाट ल्याएका सामग्रीमा पीपीई, संक्रमित जाँच्ने उपकरणलगायत छन् । नेपालमै पनि कति कम्पनीले मास्क र पीपीइ उत्पादन गरेको बताएका छन् । तर तिनको गुणस्तर जाँच्नुपर्ने खरालको तर्क छ । “जसले पायो त्यसले मास्क बनाएर काम छैन । ठूलठूला छिद्र भएका मास्कको कामै छैन,” उनले भने । खरालका अनुसार स्वास्थ्यकर्मीले जोखिमको तह अनुसार पीपीइ लगाउनु पर्नेछ । पहिलो तहमा शुरुमा जाच्ने स्वास्थ्यकर्मी, त्यसपछि बिरामीको उपचारमा संलग्न चिकित्सक र नर्स र अन्त्यमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक, नर्स अनि प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी पर्दछन् । “यो कसरी लगाउने, खोल्दा कसरी खोल्ने भन्ने विचार पुर्याउनुपर्छ,” उनले भने । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले यससम्बन्धी एक निर्देशिका प्रकाशित गरेको छ।

याे राेग हात, आँखा, नाक र मुखबाट सर्ने हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले यी अङ्गहरु ढाक्न जरुरी छ । संक्रमणकाे सम्भावना भएका वा संक्रमित व्यक्तिको  नजिक रहेर उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले एन९५ मास्क प्रयोग गर्नुपर्छ भने अन्य जाँच गर्दा सर्जिकल मास्क प्रयोग गर्न सकिन्छ । यसैगरी बिरामी जाँच गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले पानी नछिर्ने वा मापदण्ड अनुरुप नष्ट गर्न मिल्ने गाउन लाउनुपर्दछ भने अन्य स्वास्थ्यकर्मीले सामान्य गाउन प्रयोग गर्न सक्छन् ।

यस अतिरिक्त विश्व स्वास्थ्य सगठनले एउटा बिरामीको जाँचेपछि सबै व्यक्तिगत सुरक्षा सामग्री नष्ट वा परिवर्तन गर्नुपर्दछ भनी उल्लेख गरेको छ । “अहिलेसम्म सबै देशमा डिस्पोज गर्न मिल्ने व्यक्तिगत सुरक्षा सामग्री प्रयोग भइरहेको छ । यी सामग्रीको अहिले विश्वव्यापी अभाव भइरहेकाले यस्लाई प्रयोगपछि किटाणुमुक्त गरी  पुन:प्रयोग गर्न सकिन्छ कि भन्ने छ । तर अहिलेसम्म पुन:प्रयोग गरिएको छैन,” नेपाल मेडिकल कलेजकी सुक्ष्मजीव विज्ञान (माइक्रोबायोलोजी) विभाग प्रमुख डा. ऋतु अमात्यले साउथ एसिया चेकलाइ बताइन्।

यसैगरी बिरामी जाँच्ने सामग्री (स्टेथेस्कोप, थर्मोमिटर, रक्तचाप जाँच्ने मेसिन) सकेसम्म मान्यता प्राप्त हुनुका साथै नष्ट गर्न मिल्ने वा एक जनाले मात्र प्रयोग गर्नुपर्छ । यदि  उपचार सामग्री बाँडेर प्रयोग गर्नुछ भने ती सामग्री अर्को व्यक्तिले प्रयोग गर्नुअघि सफा गरी किटाणुमुक्त गर्नुपर्छ ।

संक्रमितको पहिचानपछि कसरी गरिन्छ उपचार?

कोभिड–१९ को औषधि हालसम्म पत्ता नलागेकोले सामान्य अवस्थामा अरुलाई सार्नबाट जोगिँदै घरमै बसी शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई यससँग लड्न दिनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ । “अधिकांशले घरमै बस्दा निकाे हुन्छ । शरीरले यो भाइरसलाई मार्नसक्छ,” डा सुवेदीले भने, “यसका लागि उपचार भनेको अक्सिजन कम भए वा सास फेर्न सकेन भने भेन्टिलेटरबाट अक्सिजन दिने, बिरामीलाई निमोनिया भए त्यसको उपचार गर्ने आदि हो ।”

नेपालमा हाल डेढ सयजति सघन उपचार कक्ष रहेको जनाइएको छ । बिरामी सिकिस्त हुँदै जाँदा भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रश्वास दिनुपर्ने हुनसक्छ । “सामान्य अवस्थामा त हामीकहाँ भेन्टिलेटरको समस्या छ,” खरालले भने, “झन् महामारीका बेला हामीलाई यो दस गुणा ज्यादा चाहिन्छ ।” उनका अनुसार ३–५ प्रतिशत बिरामीलाई भेन्टिलेटर आवश्यक पर्नसक्छ ।”

कन्ट्याक्ट ट्रेसिङ के हो ? यो किन आवश्यक छ?

कोभिड–१९ फैलिनबाट रोक्ने एउटा उपाय हो कन्ट्याक्ट टेसिङ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी तिनको परीक्षण गरिएमा यसलाई फैलिनबाट रोक्न सकिने विज्ञहरुले बताएका छन् । संक्रमित व्यक्ति पुगेका ठाउँ, उसका गतिविधि र उसको सम्पर्कमा आएका व्यक्ति पत्ता लगाएपछि संक्रमणलाई तिनमै सीमित गर्न सकिन्छ । दक्षिण कोरिया र सिंगापुरले गरेको महामारी नियन्त्रण प्रयासमा कन्ट्याक्ट ट्रेसिङको मुख्य भुमिका रहेको जनाइएको छ । दक्षिण कोरियामा ‘प्यासेन्ट ३१’ भनिने एक संक्रमित महिलाका कारण कसरी फैलियो भन्ने रोयटर्सको एक रिपोर्टमा जनाइएको छ । सिंगापुरले कसरी सफलतापूर्वक कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने विवरण यस भिडियोमा उपलब्ध छ । तर नेपालका पाँच संक्रमितमध्ये कुनैको पनि पूर्ण रुपमा कन्ट्याक्ट ट्रेसिङ भइनसकेको अवस्था छ ।

कान्तिपुरको पछिल्लो एक आलेखका अनुसार संक्रमित सवार विमानका कुल ४ सय ५८ यात्रुमध्ये १ सय ५६ मात्र सम्पर्कमा आएका छन् । यसबाट पनि कन्ट्याक्ट ट्रेसिङ कति चुनौतीपूर्ण छ भन्ने अनुमान गर्न सकिन्छ ।

साउथ एसिया चेकबाट

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्