काठमाडौं- जापानका चर्चित कमेडियन केन सिमोराको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएको छ। सिएनएनका अनुसार उनको शनिबार राति मृत्यु भएको हो।
मार्च १७ मा उनलाइ ज्वरो आएको थियो। मार्च २० मा अस्पताल पुगेका उनलाई कोरोना जाँचअघि निमोनियाको समस्या रहेको भन्दै उपचार थालिएको थियो। तर मार्च २३ मा उलाइ कोरोना भाइरस संक्रमण भएको ल्याब रिपोर्ट आयो।
जापानका रोबि विलियम्स मानिने उनको मृत्यु जापानिजहरु शोक सन्तप्त छन्। जापानिज मिडियाले उनको मृत्युलाई प्राथमिकताका साथ समाचार बनाएका छन्।
सिमुराले सन् १९७४ मा कमेडी थालेका थिए। चार्ली च्याप्लिनको जस्तै मुस्ताचे डान्सका कारण उनी जापानभरि परिचित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।