काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन उल्लघन गर्ने ६२५ जनालाई नियन्त्रणमा लिएर प्रहरी होल्ड गराएको छ। मंगलबार बिहान ७ बजेसम्म उपत्यकाबाट ६२५ जनालाई होल्ड गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
होल्ड गरिएकामा ५४७ जना पुरुष छन् भने ७८ जना महिला छन्। उनीहरुसँग ६८ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लकडाउन उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै तीन घण्टासम्म होल्ड गराउँदै छाड्ने गरेको छ। प्रहरीले हरेक दिन लकडाउन उल्लघन गर्नेमाथि कडा रुपमा प्रस्तुत भएको बताउँदै आए पनि लकडाउन उल्ल्घनका घटना भने कम हुन सकेको छैन।
कोराना भाइरसको संक्रमण देखिएपछि सरकारले दुई पटक गरेर दुई साताका लागि लकडाउन गरेको छ। यस्तो अवस्थामा विभिन्न बहाना बनाउँदै सर्वसाधारण बाहिर निस्कन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।