एजेन्सी–भारतमा कोरोना भाइरसका कारण हालसम्म ३२ जनाको ज्यान गएको छ। त्यहाँ १३ सय मानिसमा कोरोना संक्रमण देखिएको छ।
दिल्लीबाट सुरु भएको कोरोना संक्रमण अहिले सबै राज्यमा फैलिएको छ। भारतप्रशासित कश्मीरमा समेत कोरोना भाइरसका कारण दुई जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसको संक्रमण फैलन रोक्न केन्द्र सरकारले २१ दिनको लकडाउन घोषणा गरेको छ। तर सयौ जना घर फर्कन भन्दै सडकमा हिडिरहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण सुरु भएपछि देशवासीका नाममा तीन पटक सम्वोधन गरिसकेका छन्। कोरोना भाइरसका कारण देशभरको अवस्था जोखिमपूर्ण भएकाले घरभित्रै बस्न उनले पटक–पटक आग्रह गरेका छन्। सरकारले दैनिक ज्यालादारी मानिसका लागि राहत प्याकेजको घोषणा पनि गरेको छ । तर उृक्त प्याकेज पुग्न नसकेको भन्दै मजदुर र निम्न आयका मानिसले गुनासो गरिरहेका छन्।
राजस्थानमा एकै परिवारमा आठ संक्रमित
राजस्थानको अलवरमा एकै परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। प्रदेश स्वास्थ्य विभागका अनुसार फिलिपिन्सबाट फर्किएका अलवरका एक व्यक्तिमा सुरुमा कोरोना पोजेटिभ देखिएको थियो। तर उनले समयमै अस्पताल जाने र घरमा अलग्गै क्वारेनटाइनमा नबस्दा सबै परिवारमा सरेको र उनीहरुको टेष्ट गर्दा पोजेटिभ पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।