काठमाडौं- कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा मात्रै ११ हजार ५ सय ९१ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, इटालीमा कुल १ लाख १ हजार ७ सय ३९ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १४ हजार ६ सय २० जना निको भएका छन्।
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय
कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान साढे ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।