काठमाडौं- अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ७ पुगेको छ।
पछिल्ला दिनमा अमेरिकामा कोरोना संक्रमण दर अन्यको तुलनामा उच्च देखिएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, सोमबार बिहान अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ८ सय ८६ थियो। त्यस्तै, आइतबार बिहान सो संख्या १ लाख २१ हजार ४ सय ७८ थियो। शनिबार बिहान १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको थियो। जबकि, शुक्रबार बिहान सोही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ मात्रै थियो।
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय
कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान साढे ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।