एजेन्सी- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ४० हजार पुगेको छ। उता इटलीमा पनि संक्रमितको संख्या एक लाख पारी पुगेकाे छ। अहिले सबैभन्दा तिब्र गतिमा संक्रमण फैलिएको देश यी दुई नै हुन्।
इटलीमा सोमबार नयाँ संक्रमितको संख्या घटेको छ। सोमबार इटलीमा १ हजार ६ सय ४८ वटा नयाँ केस आए। यो इटलीमा संक्रमण शुरु भएको समयको सबैभन्दा कम संक्रमित भएकाे सिएनएनले जनाएको छ। मृतकको संख्या भने उच्च छ इटलीमा । सोमबारसम्ममा ११ हजार ५ सय जनाको ज्यान गइसकेको छ।
उता अमेरिकामा संक्रमितको संख्या बढिरहेको छ। अमेरिकाको रोग िनयन्त्रण विभागको तथ्यांक अनुसार एक लाख ४० हजार ९ सय ४ जनामा कोरोना संक्रमण देखिइसकेको छ। अमेरिकाको ५० वटै सहरमा संक्रमण देखिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।