काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) चीनबाट भित्र्याइएको मेडिकल सामान खरिद प्रक्रियामा शंकै शंका, गुणस्तरलाई वेवास्ता गर्दा स्पेनको नियति भोग्न नपरोस् भन्दै मेडिकल आपूर्ति संघको ध्यानाकर्षण । (खरिद प्रक्रियामा शंकै शंका)
२) उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणालीमा ३ दिनमा ग्यास नपाएको २ सय ४० गुनासा, अधिकांश काठमाडौं उपत्यकाभित्रबाट र केहि तराईका जिल्लाबाट । (रोकिएन ग्यास अभाका गुनासा)
३) नेपाल–भारत सीमामा आफ्ना जनता फिर्ता लेऊ भन्दै नेपालीको नाराबाजी, ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र । (सीमामा अलपत्र नेपाली )
४) बीचमै रोकिएको पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करणले विजेता नपाउँदा तनाब, प्रतियोगिताको विजेता को हुने भन्नेबारे छलफल सुरु । ( पिएसएलमा रोकिएको विजेता)
५) र, सबैभन्दा धेरै कोरोना भाइरसको चपेटामा रहेको न्युयोर्कमा अत्यावश्यक कामबाहेक बाहिर जान १५ अप्रिलसम्म रोक, नियम नमाने ५ सय डलर जरिवाना । (न्योयोर्कमा बाहिर निस्कन रोक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।