काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिन लकडाउन गरेको छ। यो अवधिमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन र मानिसलाई हिँडडुलमा समेत रोक लगाइएको छ।
तर सरकारको उक्त निर्देशनमा समेत सवारी गुडाउनेको संख्यामा कमी आएको छैन। मुलुक लकडाउनमा गएको आज सातौं दिनमा समेत महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ सय ४२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ।
नियम उल्लंघन गरी गुडाउने २ सय २६ दुईपांग्रे र १६ वटा चारपांग्रे सवारी नियन्त्रण लिइएको ट्राफिक प्रहरीको भनाइ छ। यी सवारीसाधन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महाशखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।