काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनले बेलैमा संक्रमण रोक्न सफल भएका कारण अतिप्रभावित देशको सूचीमा चौथो नम्बरमा झरेको छ। सोमबार चिनमा नयाँ ३१ केस मात्रै देखिएका छन्।
यसअघि अमेरिका र इटलीमा मात्रै चीनमा भन्दा बढी संक्रमित भएकोमा स्पेनमा सोमबार थप ५ हजार ८५ जनामा संक्रमण भेटियो। यससँगै स्पेन कोरोना प्रभावित मुलुकको तेस्रो नम्बरमा पुगेको छ। स्पेनमा हालसम्म संक्रमितको संख्या ८५ हजार एक सय ९५ पुगेको छ। मृत्यु हुनेको संख्या सोमबार मात्रै ५ सय ३७ ले बढेर ७ हजार ३ सय ४० पुगेको छ।
चिनमा जम्मा ८१ हजार ४ सय ७० मा संक्रमण भेटिएको छ। संक्रमण घट्दो क्रममा छ। कोरोनाबाट सवैभन्दा बढी अमेरिकी प्रभावित बनेका छन्। हालसम्म १ लाख ४२ हजार ७ सय ९३ जनामा संक्रमण भइसकेको छ। सोमबार मात्रै थप ३ सय ३३ जना संक्रमित भेटिएका छन्। मृत्यु हुनेको संख्या ३ हजार ३ सय ४ रहेको छ।
त्यसपछि इटलीमा ९७ हजार ६ सय ८९ जनामा संक्रमण भइसकेको छ। मर्नेहरुको संख्या १० हजार ७ सय ७९ पुगेको छ। सोमबार बेलुकी ६ बजेसम्म विश्वका ७ लाख ३५ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस फैलिएको छ। मृत्यु हुनेको संख्या ३४ हजार ८ सय ४५ पुगेको छ। हालसम्म एक लाख ५६ हजार एक सय ३७ निको भएर घर फर्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।