काठमाडौं- नेपाली विद्यार्थी संघले लकडाउनको समयमा सडकमा खटिएका प्रहरीलाई मास्क र पञ्जा वितरण गरेको छ।
लकडाउनको समय अहोरात्र सडकमा खटेका सुरक्षाकर्मी र उनीहरुको परिवारमा मनोवैज्ञानिक तनाव कम गर्न सुरक्षा सामग्री हस्तान्तरण गरिएको संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।
शंकरदेव क्याम्पसका संघ नेता दिपक ओझाको नेतृत्वमा संकलित मास्क पञ्जा प्रहरीलाई हस्तान्तरण गरिएको हो। कमलपोखरी इकाइमा कार्यरत प्रहरी जवानहरुका लागि सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो।
इकाईका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत विश्वकर्मामार्फत सामग्री प्रदान गरिएको संघले जनाएको छ। अनामनगरमा कार्यरत जवानहरुका लागि आइतबार पनि संघले मास्क र पञ्जा हस्तान्तरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।