काठमाडौं- प्रहरी प्रधान कार्यालयले लकडाउन उल्लंघन गर्नेलाई ग्यासको सिलिन्डर बोकाएर सजाय दिने प्रहरीको खोजी शुरु गरेको छ। मोटरसाइकलमा आएका एक जनालाई ग्यासको सिलिन्डर बोकाएर सडकमा सजाय दिइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको आलोचना भएको थियो।
प्रहरीको आलोचना बढेपछि प्रहरी प्रधान कार्यालयले यसरी सजाय दिने महिला प्रहरीको खोजी शुरु गरेको छ। तस्बिर कहाँको हो भन्ने नखुलेको र सजाय दिने महिला प्रहरीले मुखमा मास्क लगाएकाले पहिचानमा समस्या भएको प्रधान कार्यालयका एक अधिकारीले दाबी गरे।
प्रधान कार्यालयले सामाजिक सञ्जाल ट्विट गरेर सो तस्बिरबारे ध्यानाकर्षण भएको र यसबारे छानबिन शुरु गरिएको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।