काठमाडौं–काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ७४० जनालाई नियन्त्रणमा लिएर प्रहरीले तीन घण्टाका लागि होल्ड गराएको छ।
सोमबार बिहानै उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई होल्ड गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौंबाट ५६० पुरुष र ९४ महिला, ललितपुरबाट ५९ पुरुष र ९ महिला र भक्तपुरबाट ६८ पुरुष र १८ महिला गरी जम्मा ७४० जनालाई होल्ड गराइएको हो। उनीहरुसँग ८४ सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आइतबार दुई घण्टा होल्ड गराएर छाड्ने गरिएकोमा सोमबारबाट भने तीन घण्टा सडकमै होल्ड गराए छाडिने महानगरीय प्रहरी कार्यालयले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।