काठमाडौं–नेपाल पर्यटन बोर्डले आइतबार विभिन्न देशका १३३ विदेशी नागरिकको उद्दार गरेको छ।
नेपाल भम्रणमा आएका र सरकारले लकडाउन घोषणा गरेसँगै अलपत्र परेका नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउने सरकारको निर्णय थियो। लगतै नेपाल पर्यटन बोर्डको नेतृत्वमा विदेशी नागरिकको उद्धार थालिएको थियो।
सोही अुनसार आइतबार १३३ विदेशी नागरिकको उद्धार गरिएको पर्यटन बोर्डको भनाइ छ। आइतबार बोर्डले ६८ जना व्रिटिस, ४४ अमेरिकन र २१ दक्षिण कोरियाली नागरिकको उद्धार गरि काठमाडौं ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।