काठमाडौं–नेपाल पर्यटन बोर्डले आइतबार लुक्लाबाट १५८ पर्यटक उद्धार गरेर काठमाडौं ल्याएको छ। जसमा तारा एयरले ५६, समिटले ५१ र सीता एयरले ५१ विदेशीलाई लुक्लाबाट काठमाडौं ल्याएका हुन।
उद्धारका लागि विशेष उडान अनुमति लिँदै ताराले ४, सिताले ३ र समिटले ३ उडान काठमाडौं–लुक्ला–काठमाडौं उडान गरेका थिए। यसअघि शनिबार पनि लुक्लाबाट १४ उडानबाट १७३ विदेशी नागरिकको उद्धार गरिएको थियो। शनिबार नेपाल एयरलाईन्सले ४, ताराले ४, सिताले २ र समिटले १ उडान काठमाडौं–लुक्ला–काठमाडौं गरेका थिए। यसैगरी शनिबार नै कैलाश हेलिकप्टरले पनि लुक्लाबाट २ उडान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।