एजेन्सी–भारतमा कोरोना भाईरसका कारण २७ जनाले ज्यान गुमाएका छन् भने १०२४ जनामा संक्रमण पुष्टि भएको छ।
नयाँदिल्लीमा एक जनाबाट सुरु भएको कोरोना संक्रमण कश्मीरसम्म पुगेको छ।
भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरेको छ। तर सयौ संख्यामा शहरबाट गाउँ जाने नागरिक पैदल यात्रामा छन्। दिल्ली, उत्तर प्रदेश, केरला लगायतका राज्यमा धेरै बिरामी देखिएका छन्। भारतका हरेक राज्यमा संक्रमित बिरामी भेटिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई लकडाउन पालना गर्न आग्रह गरेका छन्। लकडाउन बाध्यता भएको भन्दै उनले जनतासग माफी मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।