काठमाडौं- कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा मात्रै १० हजार ७ सय ७९ पुगेको छ।
सोमबार बिहान सबा ६ बजेसम्मको तथ्यांक अनुसार, त्यहाँ एकैदिन सात सयभन्दा बढीले ज्यान गुमाएका छन्। आइतबार बिहान त्यहाँ ज्यान गुमाउनेको संख्या १० हजार २३ थियो।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, इटालीमा कुल ९२ हजार ६ सय ८९ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १३ हजार ३० जना निको भएका छन्।
विश्वभर ज्यान गुमाउनेको संख्या ३४ हजार नजिक
कोरोना संक्रमण (कोभिड-१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय २५ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान सबा ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख २० हजार १ सय १७ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ४९ हजार ७६ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।