काठमाडौं- अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ८ सय ८६ पुगेको छ।
पछिल्ला दिनमा अमेरिकामा कोरोना संक्रमण दर अन्यको तुलनामा उच्च देखिएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, आइतबार बिहान ६ बजे सो संख्या १ लाख २१ हजार ४ सय ७८ थियो। त्यस्तै, शनिबार बिहानसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको थियो। जबकि, शुक्रबार बिहान सोही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ मात्रै थियो।
विश्वभर ज्यान गुमाउनेको संख्या ३४ हजार नजिक
कोरोना संक्रमण (कोभिड-१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय २५ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख २० हजार १ सय १७ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ४९ हजार ७६ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।