काठमाडाैं- पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिन सरकारले निर्देशन दिएको। आइतबार बसेकाे मन्त्रिपरिषद् काे वैठकले यस्ताे निर्णय गरेकाे हाे।
व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठानस्तरको कल्याणकारी कोष उपयोग र सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्ने सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
आइतबार करिब ५ घण्टा बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सामान्य परिमार्जन गर्दै तत्कालीन् राहतको प्याकेजसमेत घोषणा गरेको छ। आइतबार अरान्ह ४ बजे सुरु भएको मन्त्रिपरिषद बैठक राति ९ बजे सकिएको थियो।
सरकारले खाद्य व्यवस्था कम्पनी एवं साल्ट ट्रेडिङबाट बिक्री हुने खाद्य सामग्रीमा १० प्रतिशत छुटको घोषणा पनि गरेको छ। यसैगरी स्थानीय तहसँगको सहकार्यमा निजी क्षेत्रबाट समेत आपूर्ति व्यवस्थापन सहजताका लागि काम गर्ने पनि सरकारी घोषणामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।