काठमाडौं- जर्मनीका एक प्रान्तीय अर्थमन्त्रीले आत्महत्या गरेका छन्। समाचार संस्था रोयटर्सले जर्मनीको हेस्से राज्यका अर्थमन्त्री थोमस स्काफरले आत्महत्या गरेको उल्लेख गरेको छ।
५४ वर्षीय स्काफर शनिबार रेलवे ट्रयाक नजिकै मृत अवस्थामा भेटिएको पनि समाचारमा जनाइएको छ। स्काफर जर्मनीको आर्थिक केन्द्र फ्रांकफर्टका स्थायी बासिन्दा हुन्। युरोपेली केन्द्रीय बैंकदेखि जर्मनीका ठूला बैंक यही शहरमा केन्द्रीय कार्यालय राखेर बसेका छन्। उनको आत्महत्याको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।