काठमाडौं- सरकारले स्थानीय तह र प्रदेशले विपन्नताको पहिचान गरी नगद अनुदान वितरण गर्ने गरी कोरोना भाइरस प्रभावितका लागि विशेष प्याकेज तयार गरेको छ।
अर्थ मन्त्रालयले तयार गरी मन्त्रिपरिषदमा पठाएको प्रस्तावमा कोरोनाका कारण आर्थिक स्थिति कमजोर बन्न पुगेकाहरुलाई स्थानीय तहले पहिचान गरेका आधारमा विशेष सुविधा दिने उल्लेख छ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार तत्काल नगद वितरण भन्दा पनि भविष्यमा कार्यविधि बनाइ नगद सुविधा उपलब्ध गराइने गरी प्याकेज बनाइएको छ। यसअनुसार संघीय सरकारले बनाएको कार्यविधिअनुसार स्थानीय तहले विपन्न पहिचान गरी अनुदानका लागि सिफारिस गर्नेछन्।
'अहिले नै हातमा नगद दिने भन्ने हाम्रो प्रस्तावमा छैन,' स्रोतले भन्यो, 'भविष्यमा कार्यविधि बनाइ नगद दिन सक्ने व्यवस्था गरेर प्याकेज बनाएका छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।