कठमाडौं– अष्ट्रेलियामा अध्यनरत ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएकाे छ। त्यहाँस्थित नेपाली दूतावासका अनुसार साउथवेल्समा रहेका ४ जना, भिक्टोरिमा रहेका ३ जना र तास्मेनियामा रहेका एकजना नेपाली विद्यार्थीलाई कोरोनाकाे संक्रमण देखिएको हो।
दूतावासले सबै विद्यार्थी घरमै ‘सेल्फ क्वारेन्टाइन’मा रहेको र उनीहरुको स्वास्थ्य राम्रो रहेको बताएको छ। नेपालीहरुलाई आवश्यक सहयोग गर्न अष्ट्रेलियाको सरकारसँग मिलेर काम गरिरहेको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।