धनगढी- धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवकको उपचार तथा निगरानीमा खटिने स्वास्थ्यकर्मीको पनि स्वास्थ्य जाँच र काेराेना परीक्षण गरिने भएको छ।
सेती प्रादेशिक अस्पतालले युवकको नमूना संकलन तथा उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मीको नमूना परीक्षण गर्ने तयारी गरेको हो। अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले संक्रमित युवकको सम्पर्कमा रहेका सबै चिकित्सक र स्वास्थ्यकर्मीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको बताए।
स्वास्थ्यकर्मीहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टविना युवकको नमूना संकलन गरेकाले उनीहरूको पनि परीक्षण गर्न लागिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।