काठमाडौं- कोरोना भाइरस (कोरोना संक्रमण-१९) को संक्रमण विश्वभर उच्च दरमा फैलिएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार साढे ६ बजेको तथ्यांक अनुसार, कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ५२ पुगेको छ।
त्यस्तै, विश्वभर ६ लाख ६० हजार ७ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ। १ लाख ३९ हजार ४ सय १५ जना उपचारपछि निको भइसकेका छन्।
अहिलेसम्म विश्वको १ सय ९९ देश र २ पानीजहाजमा कोरोना संक्रमण फैलिएको छ।
यो हुन्, कोरोना संक्रमणबाट ज्यान गुमाउने प्रमुख १० स्थान
इटाली- १०, ०२३
स्पेन- ५,९८२
हुबेइ, चीन- ३, १७७
इरान- २, ५१७
फ्रान्स- २,३१४
युके- १,०१९
नेदरल्यान्डस्- ६३९
न्युयोर्क सिटी, न्युयोर्क, अमेरिका- ५१७
जर्मनी- ४३३
बेल्जियम- ३५३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।