काठमाडौं- अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ४ सय ७८ पुगेको छ।
पछिल्ला दिनमा अमेरिकामा कोरोना संक्रमण दर अन्यको तुलनामा उच्च देखिएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहानसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको थियो। जबकि, शुक्रबार बिहान सोही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ मात्रै थियो।
इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा मात्रै १० हजार नाघेको छ। आइतबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार, त्यहाँ कुल १० हजार २३ जनाको ज्यान गइसकेको छ।
कोरोना संक्रमणबाट ज्यान जानेको तथ्यांक इटालीमा सर्वाधिक छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहान ६ बजेको तथ्यांक अनुसार, इटालीमा कुल ९२ हजार ४ सय ७२ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १२ हजार ३ सय ८४ जना निको भएका छन्।
विश्वभर ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय
कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ५२ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ६ लाख ६० हजार ७ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ३९ हजार ४ सय १५ जना उपचारपछि निको भइसकेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।