• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा लेखक : कोही उपन्यासको खाका कोर्दै, कोही टाइप स्पिड बढाउँदै

64x64
प्रजु पन्त शनिबार, चैत १५, २०७६  १३:३०
1140x725

काठमाडौं- प्रायः लेखकको गुनासो सुनिन्थ्यो, लेख्ने समय नै पाइएन। कसैलाई समयले साथ नदिने त कसैलाई अवस्थाले। कसैलाई वातारणले। अहिले देश पुरै लकडाउनमा छ। शान्त छ टोल र समाज। मान्छेको आवतजावत ठप्प। 

सरकारले सबैलाई घरमै बस्न प्रेरित गरिरहेको बेलामा लेखकहरू पनि पक्कै घरमै त होलान्। कोरोनाले यति मरे, यति संक्रमित भए भन्ने तनाव भएपनि समय प्रशस्त छ उनीहरूसँग। यो लकडाउनमा उनीहरू के गरिरहेका होलान? नेपाललाइभले केही साहित्यकारसँग भलाकुसारी गरेको थियो। 

पोएट्री बेस्ड फिल्म हेर्दै छु : सरस्वती प्रतीक्षा
उपन्यास लेख्दै थिएँ। लेख्दै गरेको उपन्यासको काम चैत्र महिनासम्मको लागि स्थगित गरेकी छु। त्यसको लागि थप एकाग्रताको आवश्यकता महसुस भइरहेको छ। अहिलेको एकाग्रता पर्याप्त भैरहेको छैन। यसैले केही दिन यता 'पोयट्री'मा आधारित फिल्म हेरिरहेकी छु 
मैले भर्खरै पढिसकेको किताबमा
१. भोल्गादेखि गङ्गासम्म (उपन्यास : राहुल साङ्कृत्यायन)
२. उज्यालोका मालीहरू (संयुक्त कविता संग्रह)
३. मृत्युको अघिल्तिर (कविता संग्रह : मणि लोहनी)
४. कुमारी प्रश्नहरू (कथा सङ्ग्रह : दुर्गा कार्की)
५. नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष (आहुति)
त्यस्तै केही पोइट्री बेस फिल्म पनि हेरेँ। 

प्रेमिल उपन्यास पढिरहेको छु : नेत्र एटम, समालोचक 
एरिका ल्युक्ट्याकको ’त्रिभुवनकी एरिका’ आत्मकथामा रहेको एरिका र त्रिभुवनको वास्तविक प्रेमकथा मलाई अति मन पर्छ। यसमा दुई जनाबीचमा निकटता, आकर्षण, विश्वास र समर्पणबाट विकसित प्रेमको उच्चस्तरीय प्रस्तुतीकरण छ। मौनतामा पनि उनीहरुले बुझ्ने गहिरो स्पर्श र हृदयको प्रेमिल भाषा यसमा अति सशक्त छ। उनीहरूमा एकापसमा देखिने आदर र स्नेहको सम्बन्धले पाठकलाई गौरवबोध गराउँछ। यस कृतिले प्रेमको एउटा विशिष्ट मानक सिर्जनाको सामर्थ्य राखेको छ।

पुराना र राम्रा पुस्तक पढेकी छु : उमा सुवेदी 
घरबाट बाहिर निस्केकी छैन। किताबहरू पढिरहेकी छु। नयाँ लेखहरु लेखिरहेकी छु। परिवारको साथ समय बिताएको छु। सकभर तनाब नलिउँ भनेर सचेत रही घरमै बसी लेखपढ गरिरहेकी छु। बिपी कोइरालाका कथाहरु, गोविन्द गोठाले, पारिजात, लीलबहादुर क्षेत्री, वानीरा गिरी, प्रेमा शाहलगायतका पुराना तर राम्रा मानिएका किताब पढिरहेकी छु।

टाइपिङ स्पिड बढाउँछु : नवराज पराजुली
मैले फिल्म र किताबलाई प्राथामिकता दिएको छु। खलिल गिब्रानका कथा, कविता, नाटक आदि १२ उत्कृष्ट कृतिको संगालो पढिरहेको छु। फिल्ममा अहिले वेभ सिरिज ‘सी’ कजभ हेरिरहेको छु। अधिकांश समय फिल्म र पुस्तकलाई नै दिएको छु। त्योसँगै यो लकडाउनमा टाइपिङ स्पिड पनि बढाउने सोचिरहेको छु। 

फिल्म हेरिरहेकी छु  : सरिता तिवारी
मैले अहिले पुस्तक पढ्नु भन्दा पनि फिल्म धेरै हेरेको छु। कास्ट अवे, द फिजिसियन, द म्यारिटन, इनिमी द गेटलगायतका फिल्म हेर्ने योजना छ। 

तीन वटा फिल्म मैले हेरिसकेँ। उत्कृष्ट छन् यी फिल्महरु। द फिजिसियन मुभी इंगल्यान्ड र पेरिसको मेडिकल इतिहासबारे बनाइएको फिल्म हो। एउटा केटा पेरिसबाट मेडिकल सर्जरी पढ्न चाहन्छ। किनभने त्यहाँको मेडिकल स्टडी एडभान्सड् हुन्छ। इनिमी एट द गेट त दोस्रो विश्वयुद्धको भइहाल्यो। 

nimb
nimb

बच्चा सँग समय बिताइरहेकी छु : क्रान्ती पराजुली 
बिहानदेखि बेलुकासम्म घर बाहिर काममा हुन्थें। चाहेर पनि मेरो बच्चालाई समय दिन नसक्दा एकप्रकारको दु:ख बोध हुन्थ्यो। कोरोनाको कारण घरबाट बाहिर निस्किन नपाउँदाको समयलाई सदुपयोग गरेकी छु। घरमा आफैं पकाएर, खाने खुवाउने, बच्चासँग खेल्ने गरेकी छु। एउटा आत्मकथा पढेर सिध्याउन लागेँ। अरु नि पढ्ने पुस्तक बाँकी छन्। बाहिर निस्किन नपाएपनि घरभित्र र आफैभित्र हराएकै छु। 

कोरोनाको त्रास खासै लागेको छैन। हुन त  यतिबेला सिङ्गो  विश्वले अकल्पनीय त्रासदीको सामना गर्नुपरेको छ। अझै थप केही समय जटिल परिवेश झेल्नुपर्ने हुन सक्छ। यतिबेला धैर्य, संयम र सावधानी अपनाउनु जरुरी छ। अब नेपाल पनि त कोरोनामुक्त रहेन तर सबैले सजगता अपनाइयो भने शायद यसले ठूलो रुप लिन पाउने छैन भन्ने आशा छ।

मौलिक उपन्यासको खाका बनाउँदैछु : महेश पौड्याल 
अहिले देशमा लकडाउन भएको अवस्थामा कहीँ जान सकिएको छैन। यो हाम्रै लागि हो भनेर मैले हृदयतः स्वीकार गरेको छु। म आफू र घरका अन्य सदस्यहरूलाई यसबारे जानकारी गराइरहेको छु। म देशविदेशका मिडियाका एकएक रिपोर्टप्रति सजग छु, र आफूले थाहा पाएको एकएक नयाँ सूचना म परिवारमा र साथीभाइमा, प्रत्यक्ष अथवा सामाजिक सञ्जालमार्फत् बाँडिरहेको छु। 

दिमागमा त्रास छ, तनाव छ। त्यसैले अध्ययन र सिर्जनामा भने मैले खासै केही गर्न सकेको छैनँ। तरै पनि, म यी काम गरिरहेको छु। फुर्सद नभएका कारण पढ्न छुट्याएका केही नेपाली र अङ्ग्रेजी पुस्तक पढिरहेको छु। एउटा मौलिक उपन्यासमा काम गरिरहेको छु। कथावस्तु कोर्दैछु।

नाम अहिले सोचेको छैनँ। तर यसको विषयवस्तु भने भारतमा बस्ने नेपालीहरूको दैनन्दिनी, सजिलो–अप्ठेरो, नेपालसँगको उनीहरूको सम्बन्ध र उनीहरूका सपना–विपना हुने छ। यसले अलि विस्तृत अनुसन्धान पनि माग्छ। त्यसैले अनलाइनबाटै जानकारहरूसँग कुरा गरिरहेछु र आवश्यक तथ्य सङ्कलन गरिरहेको छु। यो उपन्यास बजारमा आउनचाहिँ कम्तीमा एक वर्ष लाग्छ नै।

बारीको माटोसँग खेल्छु, आँगनको ढुंगो पुज्छु, लेखपढ गर्न सकिने समय होइन यो : रामलाल जोशी
यस्तो बेलामा सारा मानवजगत् 'त्राहि माम्'मा छ। सामाजिक सन्जाल ,र  टिभीका न्युज, फोटो र समाचार हेरेर दिल, दिमाग खलबलिएको छ। विश्व मानव जगत आक्रान्त भइरहेका बेला के पढ्नु? के लेख्नु? पढ्न बस्दा पनि दिमागभर‍ यही सन्त्रासको झल्को आउँछ। लेख्न बस्दा पनि दिमागमा स्वस्थ कल्पना आउँदैन। संसार चिच्याइरहँदा कसरी पढेर बस्नु? के लेखेर बस्नु? पढ्न, लेख्न, बोल्न स्वस्थ समय चाहिन्छ। स्वस्थ मन चाहिन्छ।

यो कुनै कामका लागी पनि अनुकुल समय होइन। न आफूबहेक अरुलाई बिर्सेर कुनै काममा डुब्न सकिन्छ, न अरुबाहेक आफूलाई बिर्सेर केही नयाँ सिर्जना गर्न सकिन्छ। केही गर्न सकिने समय होइन। आफ्नो सानो बारीको माटोसङ्ग खेल्छु, आगनको ढुंगो पुज्छु। बिहान उठ्दा सूर्यलाई अर्घ्य चढाउँछु। साँझ डुब्दा चन्द्रमालाई हात जोड्छु। यो बेला केवल प्रार्थनाको बेला हो। बस, म प्रार्थनामा छु।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १३:३०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा शनिबार, भदौ १३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ १३, २०८३
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्