• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

इटलीमा यस्तो अवस्था आउला भन्ने जनताले सोचेका पनि थिएनन्

सञ्जीव भट्ट बिहीबार, चैत १३, २०७६  २२:५९
1140x725

संक्रमित हुने र मृतकको संख्या बढिरहेको छ। स्थिति अत्यन्त नाजुक छ। स्वास्थ्य संकटकाल घोषणा भइसकेको छ। इटलीमा २१ फेब्रुअरीमा एक जनाको मृत्यु भएको थियो। त्यहीँबाट सुरु भएको ‍यो भाइरसको संक्रमण विस्तार हुँदै बढ्दै गयो। दिनदिनै संक्रमित र मर्नेहरूको संख्या बढ्दै गयो। 

सरकारले यहाँ लकडाउन त गर्‍यो तर लकडाउन मात्र प्रर्याप्त भएन। इटालीले प्रर्याप्त तयारी गर्न सकेन भन्ने आरोप लाग्दै आएको छ। यहाँका जनताले पनि त्यसअनुरुप लिन नसकेको पनि आरोप छ। चीनमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेका बेला इटलीमा भने फाटफुट मात्र थियो। 

आज यस्तो अवस्था आउला भनेर कसैले कल्पनासम्म पनि गरेको थिएन। इटालीबाट अरु देशले सिक्न पाए तर इटालीले त्यो अवसर पाएन। शायद अरु देशको सिक्न पाएको भए पक्कै फरक पर्ने थियो होला। बेलैमा तयारी गर्न नपाउँदाको असर हो यो। के हो? कस्तो हो? भन्ने भेउ नै नपाउँदै संक्रमण फैलियो। महामारी बन्यो। यहाँ हालसम्म ७ हजार ५ सय ३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। 

यहाँको समाचार हामीले फलो गरिरहेका छौं। यहाँबाट नेपालमा समाचार अनुवाद हुँदा धेरै गल्ती भएको छ। यसले भ्रम र त्रासदी पुगेको महसुस भएको छ। 'इटलीको प्रधानमन्त्रीले सरेन्डर गरे', 'हात उठाए' भन्ने हल्ला नेपाल पुगेको पाएँ। यहाँको समाचारमा त्यस्तो मैले पाएको छैन। कहीँ कतै यस्तो सुन्न पाइएको छैन। 

अवस्था कस्तो हो भने लकडाउनपछि जारी संकटमा कमी आउला भन्ने आश थियो त्यो नभएको भने पक्कै हो। ‘हामीले यत्रो प्रयास गर्दा सकिरहेका छैनौं,’ भनेर प्रधानमन्त्रीले भनेका हुन्। उनले ‘हामी युद्ध जित्ने छौं’ समेत भनेका छन्। उनले आफ्नो सबै भनाइ आधिकारिक सामाजिक सञ्जालमा राखेका छन्। त्यसमा उनले कोरोना भाइरसविरुद्धको युद्ध जित्ने सन्देश दिएका छन्। जनताहरूले पनि उनको सर्मथन गरेर युद्ध जित्नुपर्ने भन्दै हौसला दिइरहेका छन्। धेरैजसो सम्बोधन उनले सकारात्मक उर्जा दिने खालको छ। अलि दुःखको अवस्था भनेको जति दुःख गर्दा पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदा निराशा भने पक्कै छाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरेहको एक भिडियोको बारेमा म केही प्रष्ट पार्दैछु। यहाँका एक अभिनेताको भिडियो नेपालमा पनि भाइरल भइरहेको रहेछ। मैले पनि त्यो भिडियो हेरेको छु। उनी बस्ने क्षेत्रका  नेपालीलाई मैले यसबारेका जानकारी लिन सोधें पनि। यहाँको इसाई धर्म क्याथोलिक विधिअनुसार कम्युनमा अन्तिम संस्कार गर्न स्थानको अभाव छ। कतिपय अन्तिम संस्कार गर्ने स्थानमा दिनको २५ वटामात्र गर्न सकिन्छ। यो विधिअनुसार अन्तिम संस्कार गर्न एक सातासम्म पर्खिनुपर्ने पनि हुन सक्छ। उनको प्रकरणमा पनि आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गर्न समय लागेको हुनसक्ने देखिन्छ। यहाँ दैनिक ६ सयदेखि ७ सयसम्मको संख्यामा मृत्यु हुँदा सेनाले अर्को राज्यमा लगेर पनि अन्तिम संस्कार गराइरहेको छ। सेनाले स्कटिङ गरेर पनि अन्तिम संस्कार गरेको हामीले पाएका छौं। बहिनीको लास बेडमा हुँदा उनले करुणा व्यक्त गर्नु मानवीय स्वभाव हो। 

अर्को यहाँको डरलाग्दो स्थिति के हो भने यहाँ कुल संक्रमितमध्ये ९ प्रतिशतभन्दा बढी संक्रमित नर्स, डाक्टर र मेडिकल स्टाफ छन्। ६ हजार २ सय ५ मेडिकल स्टाफ नै संक्रमित छन्। ३६ जनाको ज्यान गएको छ। किट अभाव हुनु, औषधी नहुनु र दैनिक हजारौंको संख्यामा संक्रमित थपिनु पक्कै सहज अवस्था हुँदै होइन। उपचार गर्न बिरामी जाने अस्पतालकै स्टाफ यसरी संक्रमित हुनु आफैंमा डरलाग्दो कुरा हो। यहाँ बसेर नेपालको अवस्था सोच्दा अहिलेसम्म त संक्रमितको संख्या देखिएको छैन र नदेखियोस् भन्ने कामना पनि गर्दछु। यो समस्या सानो होला, कसैलाइ यस्तो लाग्ला तर यो पक्कै सानो छैन। सरकारले लकडाउन गरेको छ। त्यसलाई पालना गरेर घरमै बसौं। होसियार हौं र समयमै सचेत हौं। 

इटालीको अवस्था हेर्दा यो संक्रमण वृद्ध व्यक्तिमा मात्र लाग्छ भन्ने सोच्नु मूर्खताभन्दा अरु केही पनि होइन। संक्रमितमध्ये जेष्ठ नागरिक तुलनात्मक रुपमा धेरै छन् तर युवायुवतीले पनि ज्यान गुमाइरहेका छन्। ४८ वर्षकी सुपर मार्केटमा काम गर्ने महिलाले ज्यान गुमाएकी छन् भने ४७ वर्षका एक प्रहरी सेवामा रहेका युवाले पनि कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। ३४ वर्षका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको कुनै स्वास्थ्य समस्या थिएन। यहाँ चर्चित फुटबलर डि वाला पनि संक्रमित छन्। उनी २६ वर्षका मात्र हुन्। उनी अर्जेटिनाबाट खेल्ने गर्थे। यसरी हेर्दा संक्रमण जसलाई पनि हुन सक्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

समयमा उपचार पाए भने ठिक होला तर औषधी, उपचार सामाग्री, डाक्टर र अस्पताल अभाव भएका देशमा के होला? सामान्य अवस्थामा पनि ज्यान जाने हुन सक्छ। लकडाउनलाई पालना गरौं। हामी तीन हप्तादेखि लकडाउनमा छौं। खाना अभाव भए किनेर ल्याउछौं। स्यानिटाइजर प्रयोग गर्छौं। हात धुन्छौं। 

यहाँका नागरिकले पनि सुरुमा लकडाउनको अवज्ञा गरेका थिए किनकि उनीहरूले यो अवस्था आइपुग्ला भन्ने सोचेकासम्म पनि थिएनन्। अहिले यहाँका नागरिकले लकडाउनको राम्रोसँग पालना गरिरहेका छन्। घर नजिकै डिपार्टमेन्ट स्टोरहरु छन्। केही काम परेर जानैपर्ने अत्यावश्यक अवस्था भएमा प्रहरीले कागजात हेरेर अनुमति दिइरहेको छ। नेपालमा यस्तो अवस्था नआओस् मेरो यहाँबाट कामना छ। नेपालमा अहिलेकै अवस्थामा नियन्त्रण होस् भन्ने कामना छ। सुरक्षित रहनुहोला होसियार हुनुहोला। लकडाउनलाई पालना गर्नुस्। तपाईं घरमै बस्नुभयो भने र अरुबाट सर्नेछैन। जानै परेमा दूरी कायम गर्नुहोला। हामीले यहाँ यही गरिरहेका छौं। म फेरि पनि भन्छु, लकडाउन पालना गर्नुस्। सुरक्षित रहनुस्।

भिडियो

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  २२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्