काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्रीउपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भिजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्रीआपुर्ति गरेर नेपालकाविभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको जनाएको छ।
‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभावभोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रतिविशालग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहतदिनेछ,’ फाउन्डेसनले उल्लेख गरेको छ।
कोरोना भाइरसको त्रास सुरु भएपछि फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्तिबाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकलमास्कहर वितरण गरेको थियो।
'फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामनागरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशालग्रुप सम्मान गर्न चाहन्छ। हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ,' फाउन्डेसनले भनेको छ।
कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदम समर्थन गरेको ग्रुपकोले सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन पालना गर्न समेत अपिल गरेको छ।
'यो विषम परिस्थितिमा फाउन्डेसन आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमाआवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ,' ग्रुपले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।