काठमाडौं- सरकारले अप्रिल ३ तारिखमा चीनको ग्वाङ्झाउ उडानका लागि तयार रहन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन जान तयार रहन भने पनि किन जाने भन्ने उल्लेख गरेको छैन।
निगम स्रोतले दिएको जानकारीअनुसार परराष्ट्र मन्त्रालयबाट थप जानकारी आउने र त्यसको प्रतीक्षामा रहन पनि निगमलाई भनिएको छ। निगमको जहाज अत्यावश्यक वस्तु लिन जाने अनुमान पर्यटनका अधिकारीहरुको छ।
चीनले पहिलो चरणमा पठाउन लागेको २ हजार मेडिकल किट शुक्रबार बेलुकीसम्ममा रसवागढी आइपुग्ने भन्सार विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।