एजेन्सी- जनशक्तीको अभाव भएपछि सरकारले स्वयंसेवकका लागी गरेको आग्रह स्वीकार गर्दै पाँच लाख ६० हजार मानिस सहयोगका लागि तयार भएका छन्।
सरकारले सेल्फ आइसोलेसनमा बसेकालाई खाद्यान्न पुर्याउने, उपचारपछि निको भएकालाई घर पुर्याउनेलगायतका कामका लागि जनशक्तिको अभाव रहेको भन्दै स्वयंसेवाका लागि आग्रह गरेको थियो।
नेशनल हेल्थ सर्भिसले २ लाख ५० हजार जतिको आश गरेको थियो। सिएनएनका अनुसार सरकारको अपेक्षाभन्दा बढी ५ लाख ६० हजारले आफू स्वयंसेवकका रुपमा काम गर्न तयार रहेको भन्दै हस्ताक्षर गरेका छन्।
उनीहरुलाई मेडिसिन संकलन, खाद्यान्न संकलन र वितरण, आइसोलेसनमा एक्लै बस्दा एकान्तपनले डिप्रेसनमा पर्न सक्नेहरुसँग नियमित कुराकानी गर्ने लगायतका काममा खटाउने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।