काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भिजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
फाउन्डेसनले एन-९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ।
कोरोना भाइरसकको त्रास सुरु भएपछि फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्क वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।