काठमाडौं - नेपाल आयाल निगमले ग्यास उद्योगलाई आधा सिलिन्डर मात्रै ग्यास भर्न निर्देशन दिएको छ।
निगकले बिहीबारदेखि आधा सिलिन्ड मात्रै ग्यास भरेर बजारमा पठाउन निर्देशन दिएको नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले जानकारी दिए।
एउटा ग्यास सिन्डिरमा १४ दशमल २ केजी ग्यास हुन्छ। अब भने ग्यास उद्योगीले एउटा सिलिन्डमा ७ दशमलब १ केजी मात्रै ग्यास भर्नुपर्नेछ।
यसअघि भारतीय नाकाबन्दीमा पनि सरकारले ग्यासको माग थेग्न नसक्दा आधा सिलिन्डर ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको थियो। उत्त समयमा पनि ग्यास उद्योगीले आधा सिलिन्डर मात्रै ग्यास भरेर बजारमा पठाएका थिए।
अहिले नेपालमा दैनिक ९० हजार सिलिन्डर ग्यासको माग छ। तर, मागअनुसारको ग्यास आएको छैन।
भारतमा पनि ३ साताको लक डाउन र नेपालमा एक सातको लक डाउनका कारण आयातमा केही समस्या आएपछि निगमले आधा सिलिन्डर ग्यास भर्न निर्देशन दिएको घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।