काठमाडौं- भन्सार विभागले विभिन्न भन्सार कार्यालयहरुमा डिसइन्फेक्सन स्प्रे छर्न सुरु गरेको छ। कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिको निर्णयअनुसार भन्सार कार्यालयहरुलाई जोखिम मुक्त बनाउन डिसइन्फेक्सन स्प्रे छर्न थालिएको हो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार विराटनगरसहितका भन्सार कार्यालयहरुमा यस्तो स्प्रे छर्न थालिएको छ।
भन्सार कार्यालयहरु सधैँ सञ्चालन हुने भएकाले त्यहाँ काम गर्ने कर्मचारी, एजेन्ट तथा अन्य व्यक्तिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्प्रे छर्न थालिएको हो।
विभागले आफ्नै स्रोतबाट यस्ता स्प्रे छर्न कार्यालयलाई निर्देशन दिएको थियो। त्यसैअनुसार कार्यालयहरुले व्यवस्थापन गरेका छन्। सरकारले भन्सारलाई अत्यावश्यक सेवाअन्तर्गत राखेको छ। यो सधैँ सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।