एजेन्सी–अमेरिकाभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ। गत जनवरीको तेस्रो साताबाट देखिएको यो भाइरसबाट यहाँ हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ। बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको छ भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको छ। जबकि चारदिन अगाडि आइतबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३२६ थियो ।
यसअघि मंगलबार एकै दिन १६४ जनाको मृत्यु भएर नयाँ रेकर्ड कायम भएको थियो। अहिलेसम्म न्यूयोर्क राज्यमा मात्रै २८५ जनाको मृत्यु भएको छ, जसमध्ये १ सय ९९ जना न्यूयोर्क सिटीकामात्र छन्।
न्यूयोर्कमा अहिलेसम्म ३० हजार ८ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ, जसमा न्यूयोर्क सिटीमा मात्रै १७ हजार ८ सय ५६ संक्रमित छन्। न्यूयोर्कको वेष्टचेस्टरमा ४६९१, नासु काउन्टीमा ३२८५, सफल्कमा २२६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।