• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारत तथा खाडीबाट रोल्पा भित्रिने मुख्य निगरानीमा 

64x64
महेश न्यौपाने बुधबार, चैत १२, २०७६  ११:३७
1140x725

रोल्पा–रोजगारीको मुख्य गन्तव्य भारत  तथा खाडी  मुलुकबाट फर्कने क्रम  बढेसँगै रोल्पामा  पनि कोरोना भाईरस फैलन नदिन पूर्व तयारीका काम तीव्र गतिमा अघि बढिरहेका  छन्। 

नेपाली सेनाको सहयोगमा रोल्पा अस्पताल परिसरमा आइसोलेसन कक्ष तयार गरिएको छ। रोल्पा अस्पतालका ४ कोठा र  नेपाली सेनाको सहयोगमा निर्माण भएको टेन्टलाई आईसोलेसन कक्षको रुपमा तयार गरिएको हो। 

रोल्पा  नगरपालिकाले नगरका सबै वडामा  सूचना संकलन गरेको बताएको छ। ‘नगरका १० वटै   वडामा जिल्लाबाहिरबाट आउने व्यक्तिको लगत संकलन गर्ने  व्यवस्था गरेका छौं,’ नगर प्रमुख पूर्ण  केसीले भने। 

बाहिरबाट आउने व्यक्तिलाई जिल्ला सदरमुकाम लिवाङमा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेको उनले बताए। 

दाङवाट  रोल्पा भित्रिने नाकाको रुपमा रहेको होलेरीमा प्राथमिक स्वास्थ्य केन्द्रले १५ कोठाको आइसोसेलन कक्ष तयार गरेको छ। प्यूठानबाट रोल्पा भित्रने सुनिलस्मृति गाउँपालिकाको खुंग्रीमा समेत आईसोलेसन  कक्ष तयार गरिएको छ । जिल्लाका  सबै गाउँपालिकाले  हेल्थ  डेस्क स्थापना गरेका छन्। 

गाउँपालिकाभित्र रहेर  स्वास्थ्य  क्षेत्रमा काम गरिरहेका  संघ  संस्थाहरुसँगको सहकार्यमा कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ । साहस   नेपाल, स्ट्रोम  फाउन्डेसन र  गाउँपालिका मिलेर पर्चा पम्प्लेट   वितरण, बजार  क्षेत्रहरुमा माईकिङ गर्ने काम गरिरहेको वडाध्यक्ष गंज क्षेत्रीले बताए।

जिल्लाको लुंग्री गाउँपालिकाले गाउँपालिका प्रवेशद्वारको रुपमा रहेका रुईनिवाङ, दोमई, मैनामारे, जुतुङखोलालगायतका  स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। गाउँपालिका  प्रवेश गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष दुर्गा खड्काले बताए। 

जिल्लाको थवाङ गाउँपालिकाले कोरोना आपतकालीन कोष स्थापना गरेको छ।  गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाको संयोजकत्वमा गठित समितिमा अन्य ४ सदस्य छन्। ग्लोवल आईएमई  वैंकमा खाता रहने गरि  सञ्चालन गरिएको कोषबाट कोरोना संक्रमितहरुको उपचारमा खर्च गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक तुलवहादुर पुनले जानकारी  दिए। कोषमा गाउँपालिकाले ५  हजार रुपैयाँ  जम्मा गरेको छ।

nimb
nimb

यसैगरि गाउँपालिका अध्यक्ष वीरवहादुर घर्ती, उपाध्यक्ष रामकिरणी रोका, प्रमुख प्रशासकीय अधिकृत रेवतवहादुर वुढाथोकीले ५/५ हजार जम्मा गरेका छन्। कोषमा थवाङ  गाउँपालिकामा कार्यरत कर्मचारीहरुले १ महिनाको पारिश्रमिकको १० प्रतिशत रकम जम्मा गर्ने भएका छन्। ‘कोषमा अन्य जनप्रतिनिधि, स्थानीय व्यापारी  र सर्वसाधारणले  समेत रकम  जम्मा गर्ने अपेक्षा गरेका छौं,’ स्वास्थ्य संयोजक पुनले भने । 

सुनछहरी  गाउँपालिकाले समेत पोवाङमा हात धुने व्यवस्था गरेको छ। ‘गाउँपालिका बाहिरबाट आउनेहरुलाई १४ दिन होम क्वारेन्टाईनमा राख्ने व्यवस्था गरेका छौं,’ गाउँपालिका अध्यक्ष आशबहादुर   पुनले भने। गाउँपालिका छिर्नेहरुलाई स्वास्थ्य जाँचको व्यवस्था गरिएको पुनले बताए। 

गाउँपालिकाका सवै वडामा रहेका स्वास्थ्य संस्थामा कम्तिमा २/२ वटा बेडको व्यवस्था रहने गरि आईसोलेसन कक्ष तयार गरिएको अध्यक्ष पुनले जानकारी दिए। गाउँपालिकानजिक रहेको पोवाङ स्वास्थ्य चौकीमा भने ५ वेडको आइसोलेसन कक्ष तयार गरिएको छ। 

जिल्लाका सबै स्थानीय सरकारहरुले कोरोनाविरुद्ध सचेतना, क्वारेन्टाईन र आइसोलेसन कक्ष सञ्चालन  गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।

स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री छैन 

कोरोना संक्रमणको आशंका गरिएका बिरामी जाँच गराउदा लगाउने मेडिकल सामग्री  नभएको रोल्पाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। संक्रमण परीक्षण गर्दा चाहिने आधारभूत मेडिकल  सामग्री  गाउन, बुट, मास्क र  ग्लोभ्स उपलव्ध नभएको उनीहरुले बताए।

‘संक्रमणविरुद्ध लड्ने पहिलो पंक्तिको योद्धा भनेकै स्वास्थ्यकर्मी भए पनि उनीहरुका लागि चाहिने आधारभूत मेडिकल सामग्री  अहिलेसम्म उपलव्ध  हुन सकेको छैन,’ रोल्पा  अस्पतालका डा अनिल  केसीले भने। आईसोलेसन कक्षभन्दा पहिला स्वास्थ्यकर्मीका लागि मेडिकल  सामग्री जरुरी रहेको उनले बताए। होम  क्वारेन्टाईन नै उपयुक्त र सजिलो विधि भएको डा केसीको भनाइ छ। स्याम्पल परिक्षणका लागि चाहिने उपकरण भिटीएम समेत नभएको अस्पतालले जनाएको छ। 

यसअघि रोल्पा उद्योग  वाणिज्य संघले आयोजना गरेको सर्वपक्षीय बैठकमा स्थानीय प्रशासन र  जनप्रतिनिधिले अविलम्व आईसोलेसन कक्ष तयार गर्ने बताएका थिए। सर्वपक्षीय बैठकको निर्णयबमोजिम जिल्लालाई अनिश्चितकालीन लकडाउन गरिएको छ। 


 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:३७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्