एजेन्सी-इटलीमा कोरोना संक्रमणबाट मर्नेको संख्या सात हजार निकट पुगेको छ। मंगलबार बेलुकासम्मको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ।
मंगलबारमात्र ७ सय ४७ जनाको ज्यान गएको छ। अहिलेसम्म इटलीमा ६९ हजार एक सय ७६ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ। संक्रमितको संख्यामा चीन अझै पहिलो नम्बरमा भए पनि मृतकको संख्यामा इटली पहिलो नम्वरमा पुगेके छ।
संक्रमितको संख्यामा अमेरिका तेस्रो नम्बरमा छ भने स्पेन चौथो नम्बरमा छ। त्यसपछि इरान, फ्रान्स र स्विजर्ल्याण्डमा संक्रमितहरुको संख्या बढीरहेको छ। बेलायतमा पनि तिब्र गतिमा संक्रमण बढेपढि लक डाउनको निर्णय भएको छ। अहिलेसम्म एक लाख ३ हजार ३ सय ३४ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।