एजेन्सी- कोरोना भाइरसको संक्रमित विरामीको उपचारका लागि आवश्य भेन्टिलेटर र संक्रमण रोक्न दैनिक प्रयोग गरिने सेनिटाइजर निर्यात गर्न भारतले प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसका संक्रमित बढेको अवस्थामा देशमै भेन्टिलेटर चाहिनसक्ने भन्दै विदेश व्यापार महानिर्देशकले निर्यातमा प्रतिबन्ध लगाएको नवभारत टाइम्सले जनाएको छ। भारत सरकारले
मंगलबार सूचना जारी गरेर कृतिम रुपमा सास लिन सहयोग हुने अक्सिजन भेन्टिलेटरको निर्यातमा समेत प्रतिबन्ध लगाएको छ। भारत सरकारले संक्रमण रोक्न प्रयोग हुने सेनिटाइजरको निर्यात समेत रोकेको छ।
विश्वका अन्य देशमा जस्तै भारतमा पनि कोरोना भाइरसका संक्रमित बढिरहेका छन्। भाइरस बढेपछि सरकारले मंगलबार ३१ मार्चसम्मका लागि लक डाउनको घोषणा गरिसकेको छ। भारतमा मंगलबारसम्म ४ सय २४ संक्रमित फेला परिसकेका छन्। त्यसमा ४० जना विदेशी छन्। ३५ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको मृत्यु भइसकेके छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।