काठमाडौ- बेलायत सरकारले गरेको लकडाउन उल्लंघन गर्नेलाई ३५ पाउनसम्म जरिवाना गर्ने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बढ्दो कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनको घोषणा गरेका थिए। तर बेलायतबासीले अवज्ञा गर्न थालेपछि जहाँ भेटिन्छ त्यही जरिवानाको नियम लागू गरेको छ।
समाचार संस्था सिएनएनका अनुसार पहिलो पटक ३५ पाउन्ड जरिवाना लगाउँदा पनि उल्लंघन नरोकिए जरिवानाको रकम बढाउने तयारी भइरहेको छ। सोमबार प्रधानमन्त्री जोन्सनले खाना, एक्सरसाइज, मेडिसिन किन्नबाहेक बाहिर निस्कन रोक लगाएका थिए। लकडाउनको नियम बुधबारबाट थप कडा बनाउने तयारी गरिएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले बेलायतवासीलाई घरमै बस्न प्रोत्साहन गरिरहेको छ। तर बेलायतवासीले आफ्नो नियमित दैनिकी बदल्न सकिरहेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।