• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनले ल्याएका ५ सकारात्मक परिवर्तन

64x64
नेपाल लाइभ मंगलबार, चैत ११, २०७६  १४:१३
1140x725

कोरोना भाइरसका कारण विश्वभर मानिस समस्यामा परेका छन्। मानव जातिको इतिहासलाई नै यसले चुनौती थपेको छ। यो भाइरसको संक्रमणबाट दैनिक रूपमा मृत्यु हुनेको संख्या थपिँदै गएको छ। यही भाइरसका कारण राज्य मात्र नभई देशहरू नै लकडाउन भइरहेका छन्। हजारौं मानिस क्वारेन्टाइनमा छन् भने लाखौं घरमै बन्दी बनेका छन्

यसले अर्थतन्त्र ठूलो नकारात्मक असर पारेको छ। हजारौं  मानिसले रोजगारी गुमाइरहेका छन्। यसरी यति धेरै नकारात्मक असर हुँदाहुँदै कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका केही सकारात्मक प्रभाव पनि  देखिएका छन्। 

प्रदुषणमा कमी 
कोरोना भाइरसका कारण देशका कयौं क्षेत्र लकडाउन भए। लकडाउन भएकाले मौसममा सुधार भएको छ। कोरोनाका कारण विश्वमै प्रदुषणको मात्रामा सुधार आएको छ। खासगरी चीन र इटलीमा वायु प्रदुषणको गम्भीर कारक नाइट्रोजन डाईअक्साइडमा उत्सर्जनमा व्यापक कमी आएको छ। 

औद्योगिक कारखाना बन्द हुँदा र सडकमा सवारी साधन न्यून मात्रामा सञ्चालन भएका छन्।  यसले पनि वायु प्रदुषणको मात्रामा कमी ल्याएको हो। न्युयोर्कमा शोधकर्ताहरूले बिबिसीलाई बताएअनुसार गत वर्षभन्दा यो वर्ष कार्बन मोनोअक्साइडको उत्सर्जनमा ५० प्रतिशतले कमी आएको छ। मुख्य रूपमा कारबाट निस्कने हानीकारक ग्यासमा कमी आएको हो। 

ठूलो संख्यामा उडान रद्द भएका छन्। लाखौं मानिस घरमै बसेर काम गरिरहेका छन्। यो मानिसका लागि नयाँ तरिका अपनाउने अवसर पनि भएको कतिपयको तर्क छ। यो कार्यलाई आगामी दिनमा निरन्तरता दिन सक्ने अपेक्षा छ। यसका साथै पृथ्वीको तापमानलाई बढाउन भूमिका खेल्ने वायु प्रदुषणमा कमी आउने अनुमान गरिएको छ।

स्वच्छ पानी 
इटलीको भेनिसबासीका अनुसार सहरका नहरमा पानीको गुणस्तरमा सुधार भएको छ। कोरोना भाइरसका कारण उत्तरी इटालीका लोकप्रिय पर्यटकीय क्षेत्र खाली भएका छन्। पर्यटक नआउँदा वाटर ट्राफिकमा कमी आएको र पानी सफा भएको बताइएको छ। मानिसको आवातजावतमा कमी भएकाले पानी सफा हुन पुगेको छ। फोहोर देखिने पानी सफा भएको छ। माछाहरू पौडिएको देख्न थालिएको छ। 

Thought I’d spread abit of positivity for you guys. Since the lockdown of Venice without the pollution from boats the water has been begun to clear up and a dolphin has been spotted in the canal for the first time in nearly 60 years! #venice pic.twitter.com/dbq4mGhfnp

— Jack (@NotLacazette) March 17, 2020

उदारता
कोरोना भाइरसका कारण केही देशले शहर पूर्ण रुपमा बन्द गरेका छन् भने केही देश तयारीमा रहेका छन्। घरमा कहिलेसम्म बन्द हुनुपर्ने हो भन्ने डरले मानिस स्टोरहरु आवश्यकताका सामान धमाधम खरिद गरिरहेका छन्। मानिस छोटो समयमा धेरै सामान जम्मा गर्ने भागदौडका कारण आपत्कालीन स्थिति सिर्जना भएको छ। कैयौं स्थानमा समान खरिद गर्न पुगेका मानिसबीच झगडा पनि भएको छ। 

Ncell 2
Ncell 2

यी सबै खबरका बीचमा केही सुखद् कुरा पनि आएका छन्। न्युर्योकका दुई मानिसले ७२ घन्टामा १३ सय स्वयंसेवक तयार गरेका छन्।  उनीहरूको काम सहरका वृद्धलाई आवश्यकताअनुसार घरेलु समान र औषधी पुर्‍याउने काम गर्ने गर्दछन्। बेलायतमा हजारौं मानिसले कोरोना भाइरस विरुद्ध लड्न फेसबुकमा स्थानीय सहयोग ग्रुप निर्माण गरेर हातेमालो गरेका छन्। यस्तो ग्रुप क्यानडामा पनि निर्माण भएको छ। यी ग्रुपका कारण ‘केयर मंगरिङ’ ट्रेन्ड नै शुरु भएको छ। अष्ट्रेलियामा सुपर मार्केटमा वृद्ध र युवाका लागि अलग्गै खरिदस्थल निर्माण गरिएको छ।

पाका मानिस र अपांगहरूका लागि सामान खरिदमा कुनै समस्या नहोस् भनेर युवाहरुले स्वतः रुपमा यसमा स्वयंसेवा गरिरहेका हुन्। विश्वका केही धनी र अन्य मानिसहरूले पनि कोरोनाविरुद्ध लड्न सहयोगको घोषणा गरेका छन्। केही मानिस कसरी आइसोलेसन र क्वारेनटाइनमा बस्ने भनी आम मानिसलाई शिक्षा दिइरहेका छन्।

एकता
घर र अफिसको भागदौडबीचमा व्यस्त रहेका मानिस छिमेकीसँग टाढा रहँदै आएका थिए। अझ भनौं घरमा मानिसबाट टाढिँदै गएका थिए। यसरी भौतिक दुरी कम भए पनि भावनात्मक दुरी बढी भएका मानिसहरूको भावनात्मक उनीहरूलाई कोरोना भाइरसले एकजुट हुने मौका दिएको छ। 

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन भएका कारण मानिसको आवतजावत बन्द छ। परिवारलाई समय दिएका छन्। छिमेकीसँग हाइहेलो गरिरहेका देखिन थालेका छन्। यो संगै समुदायमा पनि उनीहरूको उपस्थिति देखिन थालेको छ। इटाली पूर्ण रूपमा बन्द छ तर मानिस घरको छतमा आएर एक अर्काको हौसला बढाई रहेका छन्। गीत गाईरहेका छन् भने कतिपय मानिसहरु खेल पनि खेलिरहेका छन्। 

दक्षिणी स्पेनमा एक फिटनेस मास्टरले एक अपार्टमेन्टमा तल्लो छतबाट माथिल्लो छतमा एक्सरसाइज गराइरहेका थिए। उक्त अपार्टमेन्टका सबै उनको सिकाईसँगै सिकिरहेका थिए। मानिस आ आफ्नो छतमा निस्केर उनको आदेश पालना गर्दै एक्सरसाइज गरिरहेका थिए। वकोरोना भाइरसले घरमै बसेपछि उनको धेरै साथी बनेका छन्। धेरै मानिसहरू अहिले आफ्ना परिवार,आफन्त र नाता गोतालाई फोन, भिडियो कलमार्फत् स्वास्थ्य अवस्था र त्यहाँको बसाइबारे सोधिरहेका छन्। 

कैयौं मानिसहरुले त मोबाइल एप्समार्फत् भर्चुअस पार्टीसमेत गरिरहेका छन्। यो भाइरसले स्वास्थ्यकर्मीको आवश्यकता र उनीहरूको महत्वलाई झन् बढावा दिएको छ। युरोपमा लाखौं मानिसहरू आफ्नो घरको छतमा उभिएर ती तमाम डाक्टर र नर्सको हौसला दिइरहेका छन् जो कोरोना महामारीको निर्मुल पार्नका लागि दिनरात आफ्नो अस्पतालमा खटिएका छन्।

बेलायतको लन्डनमा धेरै मेडिकल विद्यार्थीहरूले स्वतः स्वयम्‍सेवक काम थालेका छन्। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू जनतालाई नै  पालना गर्न भनेका थिए। जनताले नै स्वत रुपमा जागरुप गराउन उनले घोषणा गरेको कार्यक्रममा लाखौं मानिसले साथ दिँदै घरमै बसे। मानिसले ताली, थाली र धन्टी बजाएर मोदीको जनता कर्फ्यूको घोषणा गरे।

सिर्जनात्मकता
भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनका  कारण मानिस घरमै छन्। उनीहरुमध्ये अधिकतमले सिर्जनात्मकता विकास गर्ने समय पाएका छन्। सामाजिक सञ्जालमा धेरै मानिसले आफ्नो नयाँ बानीबारे तस्बिरलगायतका सामग्री पोस्ट गरिरहेका छन्। मानिसहरूको किताब पढ्ने, खाना पकाउने  र पेन्टिङ गर्ने सोख सामाजिक सञ्जालमा देखिन थालेको छ। 

वासिंटन डिसीको पब्लिक लाइब्रेरीले भर्चुअल बुक क्लब शुरु गरेको छ। इटलीका चर्चित सेफ मास्सिमो बोटुराले इन्स्टाग्राममा खाना पकाउने सिरिज नै शुरु गरेका छन्। उनले यसको नाम ‘किचेन क्वारेन्टाइन’ दिएका छन्। घर बसेर कसरी स्वादिष्ट खाना बनाउने भनेर सिकाइरहेका छन्। 

अमेरिकाको टेनिसी राज्यमा एक जना आर्ट टिचरले कोरोना भाइरसका कारण विद्यालय बन्द भएर घरमा बसेका बालबालिकाका लागि लाइभ कक्षा शुरु गरेका छन्। विद्यालय बन्द भएपनि लाइभका माध्यमबाट पढाई निरन्तर  गराउन उनले यस्तो कक्षा सञ्चालन गरेका हुन्। सार्वजनिक स्थलहरु बन्द भएका कारण मानिसहरु लाइभमा झुम्मिरहेका छन्। ठूला ग्यालेरीहरुमा पनि भर्चुअल यात्रा जारी छ। अष्ट्रेलियाको सिड्नी ओब्जर्भेटरीले  घरमा बन्द रहेका मानिसलाई 'नाइट स्काई टुर' देखाउन शुरु गरेको छ। -बिबिसी हिन्दीबाट

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १४:१३
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै शुक्रबार, माघ २, २०८२
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्