माल्दिभ्स– दशैंमा नेपाल जान नपाउने माल्दिभ्सबासी नेपाली एकै ठाउँ दशैं मनाउने भएका छन्। नवमीको अर्थात् सन् २९ सेप्टेम्बर २०१७ शुक्रबार माल्दिभ्सको मालेमा दशैंतिहार उत्सव तथा डिजे कार्यक्रम आयेजना गरिएको छ। कार्यक्रम बाँके–बर्दिया राइजिङ स्टार माल्दिभ्सले आयोजना गरेको हो।
नाम बाँके–बर्दिया राखिएपनि नेपालभरिकै प्रवासी सदस्य रहेको बताइएको छ। नेपाल घर सर्लाही भएका प्रशान्त थापा भन्छन्, 'संस्थाको नाम जे भएपनि प्रवासमा मिलेर अघि बढ्नुपर्छ भनेर म पनि जोडिएको हुँ ।' एकदिन भएपनि विदेशमा पर्व मनाउने उद्देश्य अनुरुप कार्यक्रम अयोजना गरिएको आयोजक मध्येका एक सन्तोष मगरले बताए।
उक्त संस्थाले सन् २०१६ मा माल्दिभ्समै पहिलोपटक नेपालबाट कलाकार ल्याएर कार्यक्रम गरेको थियो। नेपाली नयाँ वर्षको अवसरमा बनभोज कार्यक्रम गर्दा झन्डै ५०० नेपाली सहभागी रहेको मगर बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।