काठमाडौं- प्रदेश- ५ सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोष खडा गर्ने निर्णय गरेको छ। उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रुपैयाँ जम्मा गरिएको हो।
कोषमा प्रदेश- ५ मन्त्रिपरिषदका सदस्यहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ। उक्त कोषमा स्थानीय सरकार, प्रदेश सभाका सदस्य,प्रदेश सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु तथा प्रदेशमा कार्यरत विभिन्न संघसंस्था र विभिन्न व्यक्तिहरुवाट प्राप्त सहयोग जम्मा गरिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।