काठमाडौं- कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारद्वारा गरिएको लकडाउनमा दूध तथा दुग्ध पदार्थहरुको बिक्री वितरण व्यवस्थालाई नियमित राखिने दुग्ध विकास संस्थानले जनाएको छ।
सोमबार एक सूचना जारी गर्दै संस्थानले अत्यावश्यक वस्तुहरुको सेवा प्रवाह नियमित राख्ने सरकारको निर्देशनअनुसार बिक्री वितरण गरिने उल्लेख गरेको हो।
काठमाडौंमा बुथ‚ फ्रेन्चइज‚ खुद्रा विक्रेताहरूमार्फत र संस्थानको बिक्री केन्द्रहरू बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ने उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।